चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुँदै
काठमाडौं । नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन हुनुपूर्व आज बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न जातजातिका घर निर्माण गरिएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो । नदी किनारको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन् । चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय सङ्गठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको संयोजक दुराले बताउनुभयो ।
आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बन्ने आयोजकको उहाँको भनाइ छ । उहाँलेले भन्नुभयोे, “एकै ठाउँमा सबै जातिको घरसहित संयुक्त गाउँ नै बनेको छ, जनजातिको घर र आदिवासी जनजातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री तथा औजार प्रमुख आकर्षण बन्नेछ ।”
महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामानसमेत राखिएको छ । यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको सांस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ ।
नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो । यस महोत्सवले आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउने उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












