हङकङ किन पसिरहन्छन् यी हाकिम ?
काठमाडौं । आर्थिक अनियमितताको गम्भीर आरोप लागेका नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक प्रदिप अधिकारी र उनी निकटस्थहरुको पछिल्ला विदेश आउजाउले नयाँ आशंका जन्माएको छ । अधिकारी फागुन ५ गते राति एअर शो हेर्न श्रीमतीसहित सिंगापुर उडेका थिए । उनीसँगै विश्वासपात्र दिपेन्द्र श्रेष्ठ पनि श्रीमतीसहित त्यता गएका थिए । इन्जिनियर श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजानाका प्रमुख हुन् ।
टोलीसँगै प्राधिकरणको अधिकांश ठेक्का सेटिङमा मिलाउने उमा एण्ड कम्पनीका प्रोप्राइटर तथा अधिकारीका खजाची प्रेमप्रकाश ढकाल पनि सोही रात सिंगापुर गएका स्रोतको दाबि छ । अन्तराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अन्तिम सुरक्षा जाँचपछि प्रतिक्षा हलसँगै एउटा भव्य चिया कफी पसल छ । अत्यन्त मिहिनेती र असाध्य राम्रो जनसम्पर्क भएका सुवास श्रेष्ठको पसल विभिन्न थरी मुद्दाका कारण १५ वर्षदेखि उनैबाट सज्चालित छ । उनी कोलम्बो, बैंक, क्वालालम्पुर, सिंगापुर जहाँ गए पनि हङकङ त छ्छिन् नै । अधिकारी र ढकालसहित उनको टिमले श्रेष्ठलाइ पसल निरन्तरताका निम्ति करकापमा पारेर त्यहाँ जम्मा हुने विदेशी मुद्रा बिदेश र सोबापत नेपाली रुपैयाँ घरमा बुझ्ने गरेकोबारे गुप्तचर प्रमुख हुतराज थापालाइ रा्रमै जानकारी छ ।
सोही आशंकालाइ बल पुग्नेगरी स्रोतले पछिल्लो भ्रमणलाइ पनि प्रमाणको रुपमा लिन आग्रह गरेको छ । फागुन ६ गते राति काठमाडौंबाट उडेको ढकालको टोलीले भोलिपल्ट हङकङ पुगेर दुइ रात बिताएको देखिन्छ । उनले पटक पटकको हङकङ आ उजाउलाइ फागुन पहिलो साताको समूहको भ्रमणले पनि पुष्टि गरेको बताइन्छ । यता, अवैध ढंगले बटुलिएको रकम महानिर्देशकले हङकङमा आइटीतर्फ लगानी गरेको अर्को आशंका पनि छ । पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीका भाइ कमल हङकङको ब्यापारसमेत हेर्नेगरी जापानतिर बस्छन् ।
उनको काठमाडौं महानिर्देशका अर्का पार्टनर अमेरिकी ग्रिन कार्ड होल्डर अर्जुन खड्का पनि हुन । अमेरिकाभन्दा हङकङकमा डलर लैजान सजिलो भएकाले त्यो खालको उपाय अपनाएको हुन सक्ने स्रोत बताउछन् । यताका अधिकांश घरजग्गा अधिकारीले खड्का र ढकाललाइ पास गरेर दिएको तथ्य यसबिच सार्वजनिक भइसकेको छ । प्राधिकरणका अधिकांश ठेक्का उमा एण्ड कम्पनीलाइ सेटिङमा दिनु र ललितपुरको घरसहित चितवनको जग्गा उनै ढकाल र परिवारको नाममा राख्नुले खेलोफड्को को कुरालाइ हल्का ढंगले लिन नहुने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












