इटहरीमा भैँसी प्रतियोगित
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिनुभयो ।
इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिनुभयो । प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए ।
प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । त्यसैगरी सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको धमलाले बताउनुभयो । त्यसैगरी सुन्दरहरैँचा–५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार पाउन सफल भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव धमलाले जानकारी दिनुभयो ।
भैँसी प्रतियोगिताका निर्णायकमा भेटेरीनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख डा दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एकमणि नेपाल रहनुभएको थियो । भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादनलगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गर्नुभएको थियो ।
प्रतियोगिताका विजेता भैँसी धनी किसानलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिनुभयो । पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिनुभयो । भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताउनुभयो ।
विगतका वर्षभन्दा यस वर्ष किसानकै घरदैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दूध सङ्कलन, बिक्रीवितरण गर्दै आएको छ भने आवश्यक ऋणसहितको सुविधा दिँदै आएको व्यवस्थापक कोइरालाले बताउनुभयो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












