सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
काठमाडौं । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस चितवनको सहकारी विभागले पूर्वी क्षेत्र रत्ननगर र पश्चिमी क्षेत्रको भरतपुरमा आयोजना गरेको सहकारी संस्थासम्बन्धी अन्तरक्रियाका वक्ताले सहकारी पीडितको पीडा सुन्ने निकाय नै मौन बस्दा पीडितका समस्या अझै बल्झिदै गएका बताए ।
पीडित बचतकर्ताले सहकारी कुन दिन बन्द हुन्छ भन्ने चिन्तामा आफूहरु रहेको बताए । उहाँहरुले जिल्लामा नै केन्द्रीय कार्यालय भएर सञ्चालन भएका सहकारी केही हदसम्म जिम्मेवार बनेको भए पनि शाखाका रुपमा स्थापना भएका सहकारीलाई विश्वास गर्न नसक्ने वातावरण बनेको उल्लेख गरे । सहकारी पीडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा सञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिँड्दा जनताको उठीबास भएको बताउनुभयो ।
एउटै व्यक्ति पटक पटक अध्यक्ष भइरहँदा समस्या आएको उहाँको भनाइ थियो । साहरा सहकारीले मात्रै रु ८५ करोड हिनामिना गरेको दुवाडीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी पीडितको समस्या समाधान नभएसम्म जनताले सुःख पाउँदैनन् ।’
यसैगरी, अर्का पीडित तुलसीराम सापकोटाले समाज अहिले सहकारी पीडितको कुरामा केन्द्रित हुन नसकेको बताउनुभयो । सहकारी पीडितका कुराको सुनवाइ नभएको उहाँको गुनासो थियो ।
त्यस्तै सुरेशजङ्ग पाण्डेले शिव शिखर सहकारीमा रु ६८ करोड अपचलन भएको बताउनुभयो । पछिल्लो समय चितवनलगायत देशैभर देखिएका बचत तथा ऋण सहकारी संस्था सम्बन्धी विविध समस्याको समाधान सरकारले तत्काल खोज्र्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सञ्चालकको मनपरीका कारण धेरै सहकारीमा समस्या देखिने गरेको बताउनुभयो । सहकारी संस्थाले सहकारीमा सङ्कलन भएकामध्ये ९० प्रतिशत रकम आफ्नो प्रयोजनमा खर्च गर्दा समस्या बढ्दै गएको जानकारी दिुभयो । सहकारीलाई नियमन गर्ने निकाय नै कमजोर हुँदा सञ्चालक र ऋणीले मनपरी गर्ने गरेको उहाँको भनाइ थियो ।
कांग्रेस चितवनका सहकारी विभाग प्रमुख कमला दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, जिल्ला सहकारी सङ्घका अध्यक्ष भक्तिराम अधिकारीलगायतले वर्तमान समयमा सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले चासो दिनुपर्ने बताए ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












