पहिलो खेलमा पराजित नेपाल आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै
काठमाडौं । शुक्रबार भएको पहिलो टी–२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ। यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।
घरेलु मैदानमा पहिलो खेलमा लोकेश बमले शतक प्रहार गर्दासमेत पराजित भएको नेपाल दोस्रो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।
शुक्रबार आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा २ सय १ रनमा अलआउट भयो।
आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा लोकेश आउट भएपछि नेपालको इनिङ धर्मरायो।
नेपाललाई बलियो स्थितिमा पुर्याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान टिक्नै सकेनन्।
नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अर्जुन घर्ती ३, किरन ठगुन्ना २, बसिर अहमबेद ३ रनमा आउट भए।
देव खनाल, रासिद खान, कमल ऐरी र हेमन्त धामी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा नटआउट रहे।
यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालका कमल ऐरीले ३ विकेट लिए। चोटका कारण २ वर्ष मैदान बाहिर रहेका ऐरीले पहिलो ओभरमा नै विकेट लिएका थिए। सागर ढकाल र आरिफ सेखले एक–एक विकेट लिए।
नेपाल र आयरल्यान्ड ‘ए’ले तीन तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्नेछन्। टी–२० सिरिजको अन्तिम खेल आइतबार हुनेछ। पहिलो खेल पराजित नेपालमाथि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।
आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












