नयाँ वर्षमा पानीमा भलिबल प्रतियोगिता
काठमाडौं । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता आयोजना हुँदै आएको छ ।
गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडी पोखरी (स्विमिङ पुल)मा भलिबल खेलको प्रतियोगिता नयाँ वर्षका अवसरमा आयोजना गरिएको छ । यही चैत ३० गते र आगामी वैशाख १ गते पानीमा भलिबल प्रतियोगिता आयोजना गरिएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टका सञ्चालक हुम थापाले बताउनुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा १६ भलिबल समूह सहभागी हुनेछन् । उक्त भलिबल भने पुरुष मात्रै खेल्न सक्नेछन् । ‘झन्डै १५-१६ समूहले प्रतिस्पर्धामा भाग लिने अनुमान छ, गुल्मी, ढोरपाटन र बडीगाडसम्मका खेलाडी समूह सम्पर्कमा आएका छन्’, सञ्चालक थापाले भन्नुभयो, ‘खेलको प्रवद्र्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो, उहाँले आफ्नो रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न र भलिबललाई फरक ढङ्गले चिनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’
नेपालमै पानीमा भलिबल प्रतियोगिता नौलो भएको उहाँको भनाइ छ । भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नै पानीमा भलिबल खेल्न सकिने उहाँको भनाइ छ । पानीमा भलिबल खेल्नका लागि भलिबल कोर्ट सरहकै पौडीपोखरी आवश्यक रहेको हुन्छ ।
उक्त रिसोर्टमा भलिबल कोर्ट सरहकै पौडी पोखरी रहेकाले लगातार तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिएको थापाको भनाइ छ । यस पटक पानीमा भलिबल खेलेर प्रथम हुनेले रु २५ हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडी पोखरीमा खेल हुनेछ ।
एक समूहबाट चार खेलाडी प्रतिस्पर्धामा उत्र्नेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले रु २५ हजारसहित कप र मेडल तथा दोस्रोले रु १२ हजारसहित मेडल पुरस्कार पाउने छन् । टोली दर्ता शुल्क रु दुई हजार राखिएको छ ।
तीन वर्षदेखि लगातार भइरहको भलिबल हेर्न दुई हजार दर्शक रिसोर्टमा आउने अपेक्षा गरिएको छ । यस्तै नयाँ वर्षको अवसरमा पानीमा भलिबलसँगै घैटोफोर प्रतियोगिता र माछा छोप्ने प्रतियोगितासमेत राखिएको छ । पानीमाथि खेल्ने भलिबल प्रतियोगितामा पहिलो वर्ष १७ समूह, दोस्रो वर्ष १३ समूह सहभागी भएका थिएभने अहिले १५ समूहभन्दा बढी समूह सहभागी हुने अपेक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












