काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।
उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन् ।
गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताए। ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उनले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री लामिछानेले भने, “हामी तपाईँहरूको ज्यान जोगाउन लागेका छौँ, अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ, त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ ।” सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उहाँले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी (रिपोर्टिङ) गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिए ।
सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर देखिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताए । उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए ।
विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए । सबै क्षेत्रमा राजनीति हाबी भएर समस्या बल्झिरहेको बताउँदै उहाँले भन्नुभयो, “राजनीति गर्ने हामीहरूले हो, जसलाई जे गर्ने जिम्मेवारी छ त्यही गर्नुस्, राजनीति गर्ने हामीहरू छँदै छौँ ।”
गृहमन्त्री लािमछोले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताए । उनले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिए ।
उनले जुन प्रहरीको क्षेत्रमा लापरवाहीका कारण दुर्घटना हुन्छ, त्यहाँका इन्चार्जको वृत्ति विकास र मूल्याङ्कनमा नम्बर कम आउने जनाउँदै भने, “नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुन्छ र सोहीअनुसार कामको मूल्याङ्कन हुन्छ ।”
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताइन् । उनले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिईन् ।
उपप्रमुख डङ्गोलले नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याईन। केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई सचेत गराउन जरुरी रहेको बताईन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताए।
उनले यातायातमा समेत सिसी क्यामेरा जडान गर्न सके दुव्र्यवहार रोक्न सहज हुने उल्लेख गर्दै साझा यातायातसँग सो विषयमा छलफल भइसकेको जानकारी दिइन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । उनले जनचेतना वृद्धिमा जोड दिँदै सार्वजनिक यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गरे। उक्त प्रतिवेदन कार्यान्वयन भएमात्रै पनि ८० प्रतिशत सार्वजनिक यातायात सुधार हुने उनले विश्वास व्यक्त गरे ।
सडक सुरक्षाका जानकार भगवती सेढाईँले सहीरूपमा समुदायमा सचेतना बढाउँदा २० प्रतिशत दुर्घटना न्यूनीकरण हुने बताए। उनले ट्राफिक भोलेन्टियर तयार पार्न सुझाव दिँदै नागरिक पनि संवेदनशील हुनुपर्ने बताए । सडकका नियम पालना प्रहरीका लागि हो भन्ने सोच परिवर्तन गर्न पनि उहाँले आग्रह गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक नियम पालना, सचेतना, आम नागरिक तथा सङ्घसंस्थालाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताए ।
मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले पूर्वाधार, पार्किङ व्यवस्थापन र करिडोर खुला गर्नसके काठमाडौँको ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए । समारोहअघि काठमाडौँमा ट्राफिक सचेतनासम्बन्धी र्याली निकालिएको थियो ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











