स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहनुभएको छ । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गर्नुभएका दवाडीले वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पहिलो वर्ष दुई लाख लगानीमा सुरु गरेको स्ट्रबेरीखेतीले राम्रो आम्दानी दिन थालेको उहाँले बताउनुभयो ।
‘यो सिजनमा छ क्विन्टल बढी स्ट्रबेरी स्थानीय बजारमा बिक्री गरिसकेको छु’, उहाँले भन्नुभयो, ‘प्रतिकिलो छ सयका दरले बारीबाट बिक्री भएको छ, अझै बिक्रीका लागि तयार हुँदैछन् ।’ तराईमा स्ट्रबेरीखेती हुन्छ र यसबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन । दवाडीले तराई भूभागमै स्ट्रबेरीखेती गरेर आम्दानी लिइरहनुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन् ।
‘प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउन थोपा सिँचाइको व्यवस्था गरिएको छ’, उहाँले भन्नुभयो, ‘स्थानीय बजारसँगै बाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ, बारीमै आइ टिपेर लैजाने ग्राहक प्रशस्त आउने गरेका छन् ।’
दवाडीले दुई कठ्ठा क्षेत्रफलमा स्ट्रबेरी लगाउनुभएको छ । हालसम्म तीन लाख बढी आम्दानी गरिसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आम्दानी बढ्ने दवाडीको अनुमान छ । ‘इन्टरनेटका माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट पहिलो वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ’, उहाँले भन्नुभयो, ‘यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ ।’
एउटै बोटमा एक किलोसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगार दिएको दवाडी बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेक बनाइ बजारमा बेच्न मिल्ने भएकाले जोखिम कम रहेको उहाँले बताउनुभयो ।
उहाँले भाडामै दुई बिघा जग्गा लिएर स्ट्रबेरी, खरबुजा, ड्रागन फल, कागती, बयर, सितलचिनी खेती गर्नुभएको छ । ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
‘फूल फूलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्न लायक हुन्छ’, उहाँले भन्नुभयो, ‘हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि दिनमा २२ देखि २५ डिग्री सेल्सियस र रातमा ७ देखि १३ डिग्री सेल्सियस तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











