शोभायात्रासहित वीरगञ्जमा रामनवमी मनाइँदै
काठमाडौं । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो ।
रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगञ्जको रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने बताउनुभयो ।
‘हामीले धार्मिक परम्पराअनुसार नै श्रीराम भगवान्को जन्मोत्सव मनाउँदैछौँ’, उहाँले भन्नुभयो, ‘गत माघ ८ गते भारतको अयोध्या मन्दिरमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीसँगै रहेको रामजानकी मन्दिरमा रामदरबार तथा बजरङ्गबली प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो । यसले गर्दा पनि यसको पनि छुट्टै महत्व बढाइरहेको छ ।’
वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । ‘ओझेलमा परेका धार्मिकस्थलको जीर्णोद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्फ सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्कोतर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्फ केन्द्रित हुदै आएका छौँ ।’
शोभायात्रा झाँकीसहित बिहान ७ बजे निकालिएको थियो । शोत्रायात्रा वीरगञ्जका मुख्य बजार क्षेत्र परिक्रममा गरेर मन्दिर प्राङ्गणमा आएको थियो । मन्दिरका मूल पुरोहितले बिहानैदेखि धार्र्मिक परम्पराअनुसार पूजाआजा गरेको बताउनुभयो । यो मन्दिर ७५ वर्षअघि स्थापना भएको बताइएको छ । रामजानकी मन्दिर तदर्थ समितिका अनुसार मध्याह्न १२ बजे प्रसाद वितरण कार्यक्रम छ भने अपराह्न ४ बजे रामायण झाँकी हुनेछ । साँझ ६ः३० बजे आरती समाप्तिपछि प्रसाद वितरण हुनेछ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












