जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख– १५ गतेदेखि २२ गतेसम्म ‘ए’ डिभिजनको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
एन्फाको निर्देशिका अनुसार ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्टस क्लब, खोटाङ भगवती स्पोर्टस् क्लब, बुइँपा ११ स्पोर्टस् क्लब, हलेसी फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने आयोजक खोटाङ फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभएको छ । ‘ए’ डिभिजनका विजेता टिमले प्रदेश लिगमा खेल्न जाने अवसर पाउने छन् भने, सबैभन्दा कम अङ्क ल्याउने टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छ ।
‘बी’ डिभिजन लिगको प्रतियोगितामा खोटाङ फुटबल एकेडेमी, नमुना स्पोर्टस् क्लब, नूनथला स्पोर्टस् क्लब र जन्तेढुङ्गा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ । ‘बी’ डिभिजनका विजेता टिमले ‘ए’ डिभिजन उक्लने अवसर पाउने फुटबल सङ्घका अध्यक्ष राईले जानकारी दिनुभएको छ । ‘ए’ तथा ‘बी’ डिभिजन लिगको दुवै खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोटर्स क्लब सोल्माको खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा विसं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपटक विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो । विसं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई विसं २०७५ मा अस्थायी र विसं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको हो ।
प्रतियोगिताको पहिलो दिन भोलि शनिबार दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । दिउँसो १ बजेदेखि सुरु हुने पहिलो खेल नमुना स्पोर्ट्स क्लब र नूनथला स्पोर्ट्स क्लबबीच तथा दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेल केएफए र जन्तेढुङ्गा स्पोर्ट्स क्लबबीच सञ्चालन हुने जनाइएको छ ।
दुवै प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक जिल्ला फुटबल सङ्घका उपाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभयो । हप्ता दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले गर्नुहुने जनाइएको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












