बाजुरामा रेबिजविरुद्धको खोप अभाव
काठमाडौं । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभयो ।
जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले राससलाई बताउनुभयो । जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको छ ।
लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताउनुभयो । ‘रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ,’ उहाँले भन्नुभयो ।
यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु, कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा खोप अभाव भएको हो ।
स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा प्रतीक न्यौपानेले बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप खरिद गर्न प्रदेश सरकारसँग माग गरिएको बताउनुभयो । वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने उहाँको भनाइ छ । स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












