महोत्तरीमा दिनहुँजसो आगलागी
काठमाडौं । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो आगलागीका कहाली लाग्दा घटना बढेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ ।
वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा भएको आगलागीले रु ३० लाख बढीको क्षति गरेको एक साता नपुग्दै मटिहानी–६ जरलहवागाछी टोलको एक सय १० घर खरानी पार्ने घटनाले अझै त्यहाँका बासिन्दा बौरिन सकेका छैनन् ।
गत बुधबारको सो कहालीलाग्दो घटनाको भोलिपल्टै मटिहानी–९ सिमरदहीमा गत बिहीबार एउटा इलोक्ट्रोनिक पसलमा भएको आगलागीको घटनामा पसलका सरसामान जलेर नष्ट भएका छन् । त्यसअघि गत मङ्गलबार बलवाको बगडाको फर्निचर उद्योगमा आगलागी भएको थियो ।
पछिल्लो पटक हिजो आइतबार दिउँसो जिल्लाको गौशाला–२ कठुधारमा फेरि आगलागी भएको छ । सो बस्तीका सद्दाम नदाफ धोबी र निजकै भाइ मन्सुर नदाफको घर आगोले खरानी बनाएको छ । पछिल्लो यो घटनामा घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामानसहित रु १० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।
महोत्तरीसहितका मधेसमा बर्सेनि गर्मी चढ्दै गएपछि आगलागीका घटना हुँदै आएका छन् । यद्यपि यी विनाशकारी घटना धेरैजसो सजगताको कमीले नै हुने गरेका पाइएको सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र प्रहरी अधिकारीको अनुभव छ ।
कुनैकुनै घटना विद्युत् चुहिएर (विद्युत् सर्ट भएर) र कदाचित सङ्घर्षबाट हुने भए पनि यता हुने धेरैजसो आगलागी घरको आगो र प्रज्वलनशील वस्तुको ठीक व्यवस्थापन नगरिँदा नै भएका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको विगत अनुभव छ ।
“हामी त यस्ता विपद्का बेला कारण खोज्दैनौँ, सकेको राहत उद्धारमा लाग्छौँ, तर पछि घटनाका कारण खोतल्दा घरको आगो (खाना पकाउन बालिएको) राम्ररी व्यवस्थापन नगरिँदा, बाटो हिँड्ने ननिभाइ मिल्काएका बिँडी-चुरोटका ठुटाबाट सल्कँदा र प्रज्वलनशील वस्तु (सलाइ, लाइटर) ससाना नानीले खेलाउँदा भएको पाइन्छ”, मिश्र भन्नुहुन्छ, “आपत्का बेला यस्ता पक्ष नउप्काइए पनि यी वास्तवमा लापरवाही नै हुन् ।” मौसमअनुसार यी कुरामा राम्रो ध्यान पु¥याउनसके घटना न्यूनीकरण हुने मिश्रको ठम्याइ छ ।
आगलागी नियन्त्रण गर्न मुख्यरुपले स्थानीय तहका वडा समितिले बस्तीभित्रका सामाजिक सङ्घसंस्था, रानीतिक दल र अन्य सरोकारवालालाई समावेश गरेर सचेतनामूलक घुम्ती प्रचार गर्नपर्ने कतिपयको सुझाव छ । प्रत्येक नयाँ वर्षअघि वडाका बस्तीमा पालैपालो पाँच-सात दिन घरघरै जस्तो आगो व्यवस्थापनबारे सचेतना दिँदै कतै लापरवाही भेटिए त्यसैअनुसारको नसियत (सजाय, जरिवाना) तिराइए पूर्वसजगता बढ्ने सूर्योदय साँस्कृतिक क्लव भङ्गाहा–४ रामनगरका पूर्वध्यक्ष गोपालप्रसाद श्रेष्ठको सुझाव छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












