पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै उहाँले पूर्वीयदर्शनको ज्ञान प्रर्वद्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वीयदर्शन अध्ययनका लागि ‘पुंसवन’ उपयोगी हुने विश्वास भन्दै सञ्चारमन्त्री शर्माले वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो । प्राडा कृष्ण गौतमले पूर्वीयदर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मनजित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताउनुभयो । पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीयदर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्व, सङ्घर्ष र चुनौतीलाई समेटेको जानकारी दिनुभयो ।
नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहनुभएका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छ वटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












