निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार
काठमाडौं । निःशुल्क उपचार सेवाबाट रसुवाको दक्षिणी भेगका स्थानीयवासी लाभान्वित भएका छन् । भोर्ले, चित्ति, बडरेलगायतका स्थानीय बासिन्दा निशुल्क उपचार सेवाबाट लाभान्वित भएका हुन् ।
डा.केदार नरसिंह केसीको अगुवाइमा यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस काठमाडौँको आयोजना र रसुवा नुवाकोट पर्यटन समाज तथा भोर्लेस्थित रूद्रादेवी आमा समूहको समन्वयमा नौकुण्ड गाउँपालिका-५ स्थित भोर्ले गाउँमा शनिबार निःशुल्क स्वास्थ्य सम्पन्न भएको थियो । शिविरमा नौ सय २२ जनाले उपचार सेवा लिएको नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा दुई सय जनालाई भिडियो एक्सरे, ९२ जनालाई स्त्रीसम्बन्धी उपचार सेवा र एक सय १० जनालाई दाँत एवं ५० जनालाई प्रसूतिसम्बन्धी उपचार गरिएको थियो । दुई सय ७१ जनालाई सामान्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । उपचारका लागि आएका अधिकांसमा गानुगोला, दमको साथै, अमलपित्त, टाउको दुख्ने, नशा तथा हाडजोर्निको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।
दूरदराज गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीय खुसी भएको समाजसेवी बहादुरसिंह तामाङले बताउनुभयो । शिविरमा स्वास्थ्यपरीक्षण तथा उपचार सेवाका लागि डा केसीको नेतृत्वमा डा विनोद अर्याल, डा दिपेश पौडेल, डा जस्पाल यादव, डा पूजा महतो, डा सामना कोइराला एवं एवं दाँत तर्फ डा अमर श्रेष्ठ, वरिष्ठ नेत्र सहायक राजेन्द्र रानाले सेवा दिएको आयोजकले जनाएको छ ।
डा.केसीले पहिलेदेखि रसुवालीको हितमा उपचार गरिरहनु भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












