मानव अधिकार आयोगद्वारा सुझाव सङ्कलन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज यहाँ सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रिय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो ।
आयोगका कामलाई थप प्रभावकारी बनाउन कानुन संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले सत्यको अधिकार, पीडितको परिपुरण र र मानव अधिकार रक्षाका लागि आयोगलाई स्वतन्त्र रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । ‘आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिन हामीले आजैबाट सङ्कल्प गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिँदैन ।’
आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्न कानुन संशोधन आवश्यक परेको बताउनुभयो । त्यसका लागि नेपालगञ्जबाट पहिलो पटक सुझाव सङ्कलन गरिएको उहाँको भनाइ छ ।’आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विधेयकलाई सुझावपछि संसदमा पेस गरिने सदस्य दुवाडीले बताउनुभयो । ‘विधेयक प्रस्तुत भइसकेपछि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो ।
आयोगका सचिव मुरारी खरेलले नयाँ मस्यौदा प्रस्तुत गरिसकेको जानकारी दिनुभयो । आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउन थप विषय समावेश गरिने उहाँले स्पष्ट पार्नुभयो । सुझाव सङ्कलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहिन सङ्घ बाँकेका अध्यक्ष भावुकजङ्ग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्धिकीलगायतले सुझाव दिनुभएको थियो ।
Comments
अरु समाचार
-
सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च नजाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने...
-
जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका...
-
जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षित स्थलमा स्थानान्तरण
काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई...
-
मौद्रिक नीतिमा बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...