जाँदाजाँदै बहुमतबाट पौडेल र पाण्डेलाई सर्वोच्चको न्यायाधीश बनाउने विश्वम्भर-आनन्दमोहनको योजना तुहियो
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा.आनन्दमोहन भट्टराईको बिदाई हुनु दुई घण्टा अगाडि न्याय परिषद्को बैठक डाकियो । शुक्रबार २ बजे सर्वोच्च अदालतमा बिदाई कार्यक्रम तय भइसकेपछि त्यसको ठिक दुई घण्टा अगाडि (१२ बजे) न्याय परिषद्को बैठक डाकिएको हो । न्याय परिषद्का सदस्य समेत रहेका भट्टराईले जाँदाजाँदै आफूले चाहेको मान्छे सर्वोच्च अदालतमा नियुक्त गर्नु थियो । त्यसका लागि प्रधानन्यायाधीश एवं न्याय परिषद्का सदस्य विश्वम्भरप्रसाद श्रेष्ठको पनि स्वार्थ मिलेको थियो । उनीहरूलाई न्याय परिषद् नेपाल बार एसोसिएसनको तर्फबाट गएका अर्का सदस्य रामप्रसाद श्रेष्ठले पनि साथ दिएका थिए ।
त्यसैले बिहीबारकै मिति राखेर सर्वोच्च अदालतमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेलाई न्याय परिषद्को बहुमतबाट सर्वोच्चमा ल्याउन उनीहरु मानसिक रूपमा तयार भए । तर, कानुनमन्त्री पदम गिरी काम व्यस्तताले बैठकमा उपस्थित हुन नसकेपछि १० मिनेट बसेर कुनै निर्णय नै नगरी न्याय परिषद्को बैठक स्थगित भयो । कानुनमन्त्री गिरी उपस्थित भएको भए विश्वम्भर, आनन्दमोहन र रामप्रसादले बहुमतबाट सर्वोच्चमा २ न्यायाधीश नियुक्त गर्ने योजना बुनेका थिए । न्याय परिषद्का सदस्य गिरी बैठकमा उपस्थित नभएपछि उनीहरूको योजना तुहियो । न्याय परिषद्का अर्का सदस्य रामप्रसाद भण्डारी पनि उनीहरुको पक्षमा खुल्न सम्भावना न्यून थियो।
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश रिक्त छन् । तर, अन्तिम अवस्थामा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई बहुमतबाट सर्वोच्च अदालतमा ल्याउन खोज्नु उनीहरुको निहीत स्वार्थ हो भन्ने प्रस्टै बुझिन्छ । विशेष अदालतको अध्यक्ष हुँदा कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं सांसद बिक्रम पाण्डेसहितलाई सिक्टा सिंचाई आयोजनामा सफाइ दिने फैसला गरेको थियो । उनकै नेतृत्वको इजलासले घुलनशील माटोलाई दोष देखाउँदै राज्यलाई अर्बौं हानिनोक्सानी पुगेको उक्त भ्रष्टाचार मुद्दामा पाण्डेसहितका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसला थियो । उनै श्रीकान्तलाई पुरस्कृत गर्ने गरी सर्वोच्चमा लान खोजिएको थियो । तर, कानुनमन्त्री गिरीका कारण उनीहरूको त्यो योजना पूरा हुन पाएन ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला, विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र महान्यायाधिवक्ता दिनमणि पोखरेलको नाम पनि चर्चामा थियो । तर, निरौला, लोहितचन्द्र शाह र राजभण्डारीभन्दा जुनियर पौडेल र पाण्डेलाई सर्वोच्चमा छिराएर अरु खाली राख्ने विश्वम्भर र आनन्दमोहनको रणनीति थियो । पौडेललाई आनन्दमोहनले र पाण्डेलाई विश्वम्भरले च्यापेका थिए । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट राजभण्डारीतिर देखाएर पाण्डे छिराउने विश्वम्भरको योजना थियो । आनन्दमोहनको कोटाबाट पौडेल र विश्वम्भरको कोटाबाट पाण्डेलाई न्याय परिषद्को बहुमतबाट सर्वोच्च अदालतमा ल्याउने उनीहरुको योजना र चलखेलले अन्ततः फेल खाएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












