अख्तियारको क्षेत्राधिकारमा विवाद, गृहमन्त्री भन्छन् चाँडै टुङ्ग्याऊँ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए ।
‘समितिमा छलफलका क्रममा महत्वपूर्ण विषय पहिचान भएका छन्, अब समितिबाट जतिसक्दो छिटो पारित होस्, भ्रष्टाचारसम्बन्धी विषय निकै गम्भीर छ’, गृहमन्त्री लेखकले भने, ‘समितिमा धेरै छलफल भइसकेको छ, पहिचान भएका विषयलाई दफावार छलफलका माध्यमबाट निष्कर्षमा पुग्दा उचित हुन्छ ।’
विधेयकका सम्बन्धमा समितिमा भएको छलफलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्ने कि नगर्ने, उजुरीकर्ताको पहिचान हुनुपर्ने कि नपर्ने, हदम्यादसम्बन्धी व्यवस्था, स्वार्थ बाझिएको विषय, महत्वपूर्ण निर्णय गर्न ढिलाइ गर्ने पदाधिकारीमाथि के कारबाही हुने, अनुचित कार्यको कारबाहीको व्यवस्था लगायतका विषय पहिचान भएको उनको भनाइ छ ।
‘यी विषय दफावार छलफलका क्रममा टुङ्ग्याउनु उचित हुन्छ’, गृहमन्त्रीले भने , ‘दफावार छलफलमा प्रवेश गरेपछि दफा(दफामा सरकारले आफ्नो धारणा राख्छ ।’ उनले छलफलका क्रममा सरकारले आफ्नो धारणा र विषय राखे पनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको स्पष्ट पारे । ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐनको अन्त्यन्त ठूलो महत्व छ, भ्रष्टाचार निकै संवेदनशील विषय पनि हो’, गृहमन्त्रीले भने, ‘चाँडै समिति र सभाबाट पारित भएर लागू गर्न सकियोस् भन्ने सरकारको अपेक्षा हो ।’
राज्य व्यवस्था समितिमा छलफल भइरहेको सो विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले एकैस्वरमा भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने धारणा राखे। सांसद अर्जुननरसिंह केसीले छानविन र यथार्थलाई झुक्याउने तथा भ्रष्टाचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने बताए ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











