अख्तियारको क्षेत्राधिकारमा विवाद, गृहमन्त्री भन्छन् चाँडै टुङ्ग्याऊँ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए ।
‘समितिमा छलफलका क्रममा महत्वपूर्ण विषय पहिचान भएका छन्, अब समितिबाट जतिसक्दो छिटो पारित होस्, भ्रष्टाचारसम्बन्धी विषय निकै गम्भीर छ’, गृहमन्त्री लेखकले भने, ‘समितिमा धेरै छलफल भइसकेको छ, पहिचान भएका विषयलाई दफावार छलफलका माध्यमबाट निष्कर्षमा पुग्दा उचित हुन्छ ।’
विधेयकका सम्बन्धमा समितिमा भएको छलफलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्ने कि नगर्ने, उजुरीकर्ताको पहिचान हुनुपर्ने कि नपर्ने, हदम्यादसम्बन्धी व्यवस्था, स्वार्थ बाझिएको विषय, महत्वपूर्ण निर्णय गर्न ढिलाइ गर्ने पदाधिकारीमाथि के कारबाही हुने, अनुचित कार्यको कारबाहीको व्यवस्था लगायतका विषय पहिचान भएको उनको भनाइ छ ।
‘यी विषय दफावार छलफलका क्रममा टुङ्ग्याउनु उचित हुन्छ’, गृहमन्त्रीले भने , ‘दफावार छलफलमा प्रवेश गरेपछि दफा(दफामा सरकारले आफ्नो धारणा राख्छ ।’ उनले छलफलका क्रममा सरकारले आफ्नो धारणा र विषय राखे पनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको स्पष्ट पारे । ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐनको अन्त्यन्त ठूलो महत्व छ, भ्रष्टाचार निकै संवेदनशील विषय पनि हो’, गृहमन्त्रीले भने, ‘चाँडै समिति र सभाबाट पारित भएर लागू गर्न सकियोस् भन्ने सरकारको अपेक्षा हो ।’
राज्य व्यवस्था समितिमा छलफल भइरहेको सो विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले एकैस्वरमा भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने धारणा राखे। सांसद अर्जुननरसिंह केसीले छानविन र यथार्थलाई झुक्याउने तथा भ्रष्टाचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने बताए ।
Comments
अरु समाचार
-
पद्मकन्या क्याम्पसको स्ववियुमा नेविसंघकी भुपी ऐरको प्यानल निर्वाचित
काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार...
-
ट्रम्पले संघीय शिक्षा विभाग हटाउने योजना थाले
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थाल्नुभएको छ । उहाँले शिक्षा विभागलाई हटाउन शुरू...
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार...
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...
-
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु...
-
दुई दिनकी सुत्केरी एसइईमा सहभागी
काठमाडौं । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी भएकी छन् । जिल्लाको...
-
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री...