नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान
काठमाडौं। आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान गरेको छ ।
भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किएको टोली श्रीलङ्का प्रस्थान गरेको हो ।
नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।
टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।
त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।
Comments
अरु समाचार
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
अर्जेन्टिनामाथि कोलम्बियाको जित
काठमाडौं । साविक विश्वकप विजेता अर्जेन्टीना जारी विश्वकप दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियासँगको खेलमा पराजित भएको छ । गएराती...
-
युएफा नेशन्स लिग: रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल लगातार दोस्रो जित
काठमाडौं । युएफा नेशन्स लिगमा पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई दुई एक...
-
संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता
कास्की : संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ । अखिल नेपाल राष्ट्रिय...
-
फिफा विश्वकप छनोट २०२६ : इक्वेडरलाई हराउँदै ब्राजिलले विजयी
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–०...