भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत समवेदना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यचुरी लोकतान्त्रिक आन्दोलनका अटल समर्थक रहेको र उनको बुद्धिमत्ता, नम्रता र जनताप्रतिको अटल समर्थनलाई कहिल्यै पनि भुल्न नसकिने बताए ।
महासचिव चुचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको थियो ।
महासचिव चुरीलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। उनको श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण देखिएको थियो। सन् १९५२, अगष्ट १२ मा चेन्नाइमा जन्मिएका याचुरी सन् २०१५ देखि कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।
यचुरी भारतको राज्य सभामा १२ वर्षसम्म अर्थात् सन् २००५ देखि २०१७ सम्म सांसदको रूपमा कार्यरत रहनुभएको थियो ।
याचुरी बेलाबेलामा नेपाल आइराख्ने नेताहरूमध्ये पर्छन्। २०६२–०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दी यी दुई कालखण्डको इतिहासमा नेपालमा सबैभन्दा बढ्ता सम्झिने पात्रमा यचुरी पर्छन ।
उनले नेपालका राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धका सवालमा पटक–पटक नेपाल आवतजावत र नेपाली नेताहरूसँग परामर्श गरेका थिए। उनले भारतमा रहेर तत्कालीन संस्थापन पक्षले लगाएको नाकाबन्दीको त्यहीँ बसेर कडा प्रतिवाद गरेका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











