भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत समवेदना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यचुरी लोकतान्त्रिक आन्दोलनका अटल समर्थक रहेको र उनको बुद्धिमत्ता, नम्रता र जनताप्रतिको अटल समर्थनलाई कहिल्यै पनि भुल्न नसकिने बताए ।
महासचिव चुचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको थियो ।
महासचिव चुरीलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। उनको श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण देखिएको थियो। सन् १९५२, अगष्ट १२ मा चेन्नाइमा जन्मिएका याचुरी सन् २०१५ देखि कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।
यचुरी भारतको राज्य सभामा १२ वर्षसम्म अर्थात् सन् २००५ देखि २०१७ सम्म सांसदको रूपमा कार्यरत रहनुभएको थियो ।
याचुरी बेलाबेलामा नेपाल आइराख्ने नेताहरूमध्ये पर्छन्। २०६२–०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दी यी दुई कालखण्डको इतिहासमा नेपालमा सबैभन्दा बढ्ता सम्झिने पात्रमा यचुरी पर्छन ।
उनले नेपालका राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धका सवालमा पटक–पटक नेपाल आवतजावत र नेपाली नेताहरूसँग परामर्श गरेका थिए। उनले भारतमा रहेर तत्कालीन संस्थापन पक्षले लगाएको नाकाबन्दीको त्यहीँ बसेर कडा प्रतिवाद गरेका थिए ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












