धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।
आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका दुई सय टिमका छ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोलीसमेत सहभागी हुने उनले बताए । उनले भने, “खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।” यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उनको भनाइ छ ।
प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई रु एक लाख १५ हजार नगद पुरस्कार, उप विजेताले रु ५५ हजार र तेस्रो हुने जोडीले रु ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले रु ६५ हजार, उपविजेताले रु ३३ हजार र तेस्रो हुनेले रु ११–११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताए ।
प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि रु तीन हजार, मिक्स डबलका लागि रु दुई हजार पाँच सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि रु दुई हजार निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।
खेल प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा रु २२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले रु आठ लाख, धरान उपमहानगरपालिकाले रु एक लाख ५० हजार, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












