जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।
बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो ।
शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।
यसैबीच वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ र हेटौँडा–सिन्धुली जोड्ने सडकमा आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ ।
सडक विभाग र सुरक्षा निकायले हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र भिमफेदी–दक्षिणकाली खण्डमा बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए। त्यस्तै मदनभण्डारी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
Third Trans-Himalayan Communication and Social Development Conference Kicks Off in Kathmandu
Kathmandu, Nepal – The third Trans-Himalayan Communication and Social Development Conference began on Friday at the Camera Building of the...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...












