सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति
काठमाडौं । रसुवा जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठवटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मङ्गलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्याएको हो ।
भारी वर्षाले अवरूद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक मङ्गलवार खुलेसँगै केरूङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरूङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभाव अभावका कारण सडक छेउमा राखिएको थियो ।
चिनियाँ भू–भागको केरूङ रसुवागढीबीच भागका पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब ४०–४५ दिन लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाई केरूङ प्रशासनले जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।
रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिएका अन्य कन्टेनर आ–आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । यसअघि पहिरोले अवरुछ भएको सडक मङ्गलबार सञ्चालन भएपछि केरूङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ ।
स्याफ्रुबेँसी, टिमुरेको तातोपानी, टिमुरे घट्टेखोला क्षेत्रको भूभाग कमजोर भएकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सामान बोकी आएका मालवाहक कन्टेनर भन्सार हातामा मात्र राख्न रसुवा जाने सबै चालकलाई अनुरोध गरिएको प्रहरी प्रमुख भट्टराईले बताए । सुरक्षित पार्किङको अभाव भएका टिमुरे, रसुवागढी क्षेत्रमा केरूङतर्फको सडक नखुलेसम्म स्याफ्रुबेँसीबाट सवारीसाधन कहिन नलैजान अनुरोध गरिएको उनले उल्लेख गरे ।
यसैबीच, केरूङबाट दसैँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका दुई सय कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । ती कन्टेनरका सामग्री यथाशीघ्र काठमाडौँ पठाउने तयारी भएको जनाउँदै विद्युत् अभावले जाँचपास गर्न समस्या भइरहेको उनले बताए ।
साथै एक सय ५० बढी विद्युतीय सवारीसाधन समेत टिमुरे क्षेत्रमा रहेका भन्सार कार्यालयले जनाएको छ । यही असोज १० गतेसम्म आयात सामग्रीको शुल्कबाट रु एक अर्ब राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए । चिनियाँ भागमा पहिरो गएकाले सडक सञ्चालन गर्न समय लाग्ने चिनियाँ समकक्षीले भन्सार कार्यालयलाई जानकारी गराइसकेका उनले उल्लेख गरे ।
सडक अवरूद्ध हुँदा सामान आयात हुन नसकेपछि लक्षित राजस्व असुलीमासमेत कमी आउने देखिएको प्रमुख भट्टराइले जानकारी दिए ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












