काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना १५ घाइते
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८ नम्बरको माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका–८ सिस्नेरीमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।
माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार हुँदैछ ।
दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का अनुज सुन्दास, सुन्दरहरैँचा–१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का सिशम घिमिरे, झापाको बिर्तामोड नगरपालिका–५ का समीर तामाङ, इटहरी उपमहानगरपालिका– ६ की विजया तिमल्सिना, मोरङको लेटाङ नगरपालिका–६ का गोपाल नेपाली र मोरङकै लोटाङ–१ का दिपेश राई घाइते भएका छन ।
यस्तै मोरङको मधुमल्ला गाउँपालिका–९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का पनि घाइते भएका छन् ।
पाँचथर याङ्वरक गाउँपालिका–४ का बिक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्ष्मी नगरपालिका–१ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैँचा नरपालिका–१ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका–८ का अतुल कटुवाल र तेह्रथुम छत्तर गाउँपालिका–६ का तिरबहादुर लिम्बु घाइते भएका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












