सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
काठमाडौं । यहाँका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो दुरीका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि आइतबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वमा हुनसक्ने लुटपाट नियन्त्रण गर्ने, मदिरा तथा लागुऔषध सेवन गरी सवारी चलाउन रोक लगाउने, बढी भाडा लिने तथा यात्रामा अप्ठ्यारो पार्नेलाई कानुनको दायरामा ल्याउने, आपतकालीन अवस्थामा यात्रुलाई तत्काल सहायता गर्न सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित बसपार्क, खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान, दुधौली बजार र डकाहामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती सहायता कक्षमा २२ प्रहरीले २४सै घण्टा यात्रुलाई आवश्यकता बमोजिम सेवा प्रवाह गर्ने उनले बताए ।
उनले भने, “सवारीसाधन र यात्रुको बढी भीडभाड हुने चोकमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुलाई प्रभावकारी सेवा प्रदान गर्न प्रहरी खटिएका छन् । यात्राका क्रममा कुनै समस्या आइपरे वा गुनासो भए सिधै प्रहरीलाई फोन गर्नुहोस् अथवा आफूलाई पायकपर्ने सहायता कक्षबाट सहयोग लिनुहोस् ।”
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












