बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
काठमाडौं । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो ।
गाउँपालिकाका बालिकालाई प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बालिका बीमा कार्यक्रम ई–बोलपत्रबाट खोलेर सम्झौता गरिएको बताए । उनले बालिकालाई शिक्षित बनाउन र बालविवाह रोक्नका लागि बीमा कार्यक्रमले भूमिका खेल्ने बताए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले बालिका बीमाले गैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुबा वा आमा) को जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा गरिएको बताए ।
उनले २० वर्षभित्र बालिकाको बुवा बाआमाको दुर्घटना वा अन्य कुनै कारणबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिसमा बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताए । सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र निजहरुले रिफर गरेका स्वास्थ्य संस्थामा छोरी जन्मिएकालाई मात्र यो बीमा योजनामा आबद्ध गराउनुपर्ने छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । बीमा कम्पनी र पालिकाबीचमा भएको सम्झौता अनुसार एकमुष्ठ २० वर्षका लागि गाउँपालिकाले बीमा गरेको र बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा बालिका बीमाका लागि रु २५ लाख बजेट विनियोजन गरेकोे छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












