बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
काठमाडौं । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो ।
गाउँपालिकाका बालिकालाई प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बालिका बीमा कार्यक्रम ई–बोलपत्रबाट खोलेर सम्झौता गरिएको बताए । उनले बालिकालाई शिक्षित बनाउन र बालविवाह रोक्नका लागि बीमा कार्यक्रमले भूमिका खेल्ने बताए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले बालिका बीमाले गैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुबा वा आमा) को जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा गरिएको बताए ।
उनले २० वर्षभित्र बालिकाको बुवा बाआमाको दुर्घटना वा अन्य कुनै कारणबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिसमा बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताए । सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र निजहरुले रिफर गरेका स्वास्थ्य संस्थामा छोरी जन्मिएकालाई मात्र यो बीमा योजनामा आबद्ध गराउनुपर्ने छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । बीमा कम्पनी र पालिकाबीचमा भएको सम्झौता अनुसार एकमुष्ठ २० वर्षका लागि गाउँपालिकाले बीमा गरेको र बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा बालिका बीमाका लागि रु २५ लाख बजेट विनियोजन गरेकोे छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











