सल्यानमा गाडी दुर्घटना: १६ जना घाइते
काठमाडौं । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी आज बिहान ४ बजे गाडी दुर्घटना भएको हो ।
२० यात्रु सवाल गाडीमा १६ जना घाइते भएका हुन । घाइते मध्य चारको अवस्था गम्भीर र १२ जनाको सामान्य रहेको छ । घाईतेहुनेहरुमा कुमाख गाउँपालिका ३ का २२ वर्षका सन्तोष राना, ५५ वर्षका वसन्त भारती, ६० वर्षका वसन्ता भारती, कुमाख गाउँपालिका १ का २८ वर्षका विष्णुचन्द, ३४ वर्षका घनश्याम के।सी, १३ वर्षका सलिना शाही, २१वर्षका दिपकनाथ योगी घाइते हुनुभएको छ ।
यस्तै कुमाख गाउँपालिका ३ का २२ का पारस भारती, वर्ष १५ का विनोद नाथ योगी, वर्ष १८ का विनता नाथ योगी ,२३ वर्षका सम्झना भारती, ६ का २५ वर्षका हरि सुनार, ४ का वर्ष २० की सुजाता वुढाथोकी र २० वर्षका विन्दु लामिछाने रहेका छन् । गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
पश्चिम रुकुम चौरजहारी नजिक दुर्घटना स्थल रहेकाले सबै घाइतेहरूको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्याईएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
Third Trans-Himalayan Communication and Social Development Conference Kicks Off in Kathmandu
Kathmandu, Nepal – The third Trans-Himalayan Communication and Social Development Conference began on Friday at the Camera Building of the...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...












