सल्यानमा गाडी दुर्घटना: १६ जना घाइते
काठमाडौं । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी आज बिहान ४ बजे गाडी दुर्घटना भएको हो ।
२० यात्रु सवाल गाडीमा १६ जना घाइते भएका हुन । घाइते मध्य चारको अवस्था गम्भीर र १२ जनाको सामान्य रहेको छ । घाईतेहुनेहरुमा कुमाख गाउँपालिका ३ का २२ वर्षका सन्तोष राना, ५५ वर्षका वसन्त भारती, ६० वर्षका वसन्ता भारती, कुमाख गाउँपालिका १ का २८ वर्षका विष्णुचन्द, ३४ वर्षका घनश्याम के।सी, १३ वर्षका सलिना शाही, २१वर्षका दिपकनाथ योगी घाइते हुनुभएको छ ।
यस्तै कुमाख गाउँपालिका ३ का २२ का पारस भारती, वर्ष १५ का विनोद नाथ योगी, वर्ष १८ का विनता नाथ योगी ,२३ वर्षका सम्झना भारती, ६ का २५ वर्षका हरि सुनार, ४ का वर्ष २० की सुजाता वुढाथोकी र २० वर्षका विन्दु लामिछाने रहेका छन् । गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
पश्चिम रुकुम चौरजहारी नजिक दुर्घटना स्थल रहेकाले सबै घाइतेहरूको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्याईएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











