कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव
काठमाडौं । नवलपुरको गैडाकोटमा ‘आर्थिक विकासको मूल आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश समितिको आयोजनामा नारायणी नदी किनारमा महोत्सव हुने समितिका अध्यक्ष अमृत भट्टचनले बताएका छन् ।
कात्तिक २३ देखि मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवबाट कृषि उत्पादनसहित पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले जनाए । महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
महोत्सवमा कृषि उत्पादनको प्रोत्साहनका लागि कृषि क्षेत्र तथा स्थानीय उत्पादनको बजारीकरणका लागि ५० वटासम्म स्टल निःशुल्क उपलब्ध गराइने छ । महोत्सवमा हस्तकला, कृषि, अटोमोबाइल्स, सूचना तथा प्रविधि, औद्योगिक उत्पादन, दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत तीन सयवटा प्रदर्शन एवं बिक्रीकक्ष रहनेछन् ।
गण्डकी प्रदेशस्तरीय महोत्सवले नवलपुरमा गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा घोषणा गरेको लोकाहा औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका, पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











