महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
क्याम्पस व्यवस्थापन समितिले महिला र दलित विद्यार्थीलाई छुट दिने निर्णय कार्यान्वयनमा आइसकेको क्याम्पस प्रमुख दीपक पोखरेलले जानकारी दिए । “अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै विद्यार्थीले वर्षमा रु १० हजार शुल्क बुझाउनुपथ्र्यो । यस वर्षबाट महिला र दलित समुदायका विद्यार्थीले रु पाँच हजार र अन्य विद्यार्थीले रु सात हजार पाँच सय मात्र बुझाउनुपर्छ”, उनले भने, “त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायमा स्नातक तहको पठनपाठन भइरहेको छ । क्याम्पस व्यवस्थापन समितिको यो निर्णयले विद्यार्थी उत्साहित भएका छन् ।”
वि.सं २०६५ मा स्थापना भएको रावा क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला ओखलढुङ्गाका विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका लागि आवश्यक कक्षाकोठा र छात्राबासको भवन भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ । एउटै विषयमा पठनपाठन भइरहेको रावा क्याम्पसमा पुस्तकालय, कम्प्युटर प्रयोगशालालगायत सुविधा रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












