ताजा समाचार

कोशीको आन्तरिक मामिला मन्त्री बन्दै रेवतीरमण भण्डारी

काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले)का सचेतकसमेत रहेका भण्डारीलाई मन्त्री नियुक्त गर्ने र सोमबार नै शपथ गराउने तयारी गरेका हुन्।

भण्डारीले आफू मन्त्री हुने खबर आएको र सोमबार अपराह्न ५ बजे शपथ हुने सेतोपाटीलाई जानकारी दिए।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका थिए। रिक्त पदमा भण्डारीलाई नियुक्त गर्न लागिएको हो।

भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org