बुल्गेरिया, रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता
काठमाडौं । युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन् ।
“बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,” हङ्गेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भने ।
सन् २००७ देखि युरोपेली सङ्घका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको थियो, जसले सीमा जाँच बिना हवाई र समुद्री यात्रा खुला गरेको थियो।
यद्यपि, अस्ट्रियाले आप्रवासनको चिन्तालाई लिएर आफ्नो मुलुकमा पूर्ण प्रवेशमा रोक लगाएको थियो र यसले गर्दा स्वतन्त्र रूपमा आवतजावतमा समस्या रहेको थियो ।
भियनाले सोमबार इयूका मन्त्रीहरूको बिहीबारको बैठकमा आफ्नो भिटो प्रयोग नगर्ने घोषणा गरेको छ, जसले जनवरी १, २०२५ देखि दुबैलाई पूर्ण सदस्य बन्ने मार्ग प्रशस्त गरेको छ।
बुखारेस्ट र सोफियाले सन् २०१० मा ब्रसेल्सले तोकेका सबै प्राविधिक मापदण्ड पूरा गरेका थिए तर विभिन्न सदस्य राष्ट्रहरूले उनीहरूको प्रवेशमा अवरोध गरेपछि सेन्जेन क्षेत्रमा सामेल हुन एक दशकभन्दा बढी समय पर्खिनु परेको थियो ।
सन् २०२२ देखि अस्ट्रियाले उनीहरूको आवेदन रोकेको छ, जसले वर्षौंदेखि असुरक्षित बाह्य सेन्जेन सीमाहरूको परिणामस्वरूप कागजातविहीन आप्रवासीहरूको असमान सङ्ख्याको होस्टिङगको बारेमा गुनासो गर्दै आएको थियो ।
बुडापेस्टमा तीन देशले ‘सीमा सुरक्षा प्याकेज’ सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रियाले आफ्नो आपत्ति फिर्ता लिएको थियो।
सम्झौतामा बुल्गेरियाली–टर्की सीमामा संयुक्त रूपमा सीमा रक्षकको तैनाथी र स्थलमार्गमा अस्थायी सीमा नियन्त्रणको प्रारम्भिक अवधि छ महिनाको लागि हुने अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले बताउनुभएको छ ।
सन् १९८५ मा स्थापना भएको सेन्जेन जोनमा हाल २९ सदस्य रहेका छन् जसमा युरोपेली सङ्घका २७ सदस्य राष्ट्रमध्ये २५ का साथै स्विट्जरल्याण्ड, नर्वे, आइसल्यान्ड र लिचेन्स्टाइन रहेका छन् ।
यो आन्तरिक सीमा नियन्त्रण बिना विश्वको सबैभन्दा ठूलो क्षेत्र हो, जहाँ ४० करोडभन्दा बढी मानिस यस क्षेत्रभित्र स्वतन्त्र रूपमा यात्रा गर्न सक्छन् ।
Comments
अरु समाचार
-
रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनले १२ वटा...
-
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र...
-
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर...
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
नयाँ दिल्ली । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको...
-
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...
-
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
काठमाडौं । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका...
-
महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ...
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक...
-
इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै
काठमाडौं । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१)...