‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा “लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका” विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणानुसार लागूऔषध दुर्व्यसन विरुद्द जनचेतना अभिवृद्दि गर्ने उद्देश्यले यही पौष ७ गते आईतबार जिल्ला समन्वय समिति उदयपुर गाइघाटको सभाहलमा वक्तत्वकला सम्पन्न भएको हो । नगर क्षेत्रका विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले वतृत्वकलामा सहभागिता जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले अध्यक्षता गर्नु भएको कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्य र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको विशेष आतिथ्य रहेको थियो ।
प्रतियोगितामा त्रियुगा नगरपालिका स्थित १३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । उक्त प्रतियोगितामा क्यान्भास सेकेण्डरी बोर्डिङ स्कुल कक्षा ९ मा अध्ययनरत् छात्रा जेनिशा कार्कीले प्रथम स्थान, राष्ट्रिय मा.वि. बगाहामा कक्षा १० मा अध्ययनरत छात्रा नम्रता दाहालले द्वितीय स्थान र वालमन्दिर मा.वि. वोक्सेमा कक्षा १० मा अध्ययनरत मनिषा चौधरीले तृतीय स्थान हासिल गर्नुभयो । प्रमुख अतिथि महेश्वरी राईले विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, त्रियुगा नगरपालिका वडा नं ११ र १२ का वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष एवं सञ्चारकर्मीहरु, विभिन्न विद्यालयका शिक्षकहरु, सामाजिक अभियन्ता, विद्यार्थीहरु लगायत १५० जनाको उपस्थिति रहेको थियो ।

Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











