गैँडाको खाग र लागु औषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधवार दिउँसो ३.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बुकिङ गरी बसेका भारत पश्चिम बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागू औषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।
त्यस क्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ के.जी. ७०० ग्राम तौल भएको गैँडाको खाग , प्लास्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोबाइल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिए ।
पक्राउ परेका भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा अनुसन्धानका लागि राखिएको र बरामद खागलाई प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ...
-
सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को
काठमाडौं । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँदयामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका...
-
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
काठमाडौं । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरु भएको छ ।...
-
संखुवासभाको बाह्रबिसेमा आगलागीबाट पाँच घर जलेर नष्ट
काठमाडौं । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो करिब साढे...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई...
-
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
काठमाडौँ । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल...