कोशी प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।
‘प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’, ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक’ प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको उनले बताए।
Comments
अरु समाचार
-
नगरपालिकाका अधिकृत दिनेश कट्टेलद्वारा दशनामी समाजको अपमान, शीघ्र कारबाही गर्न माग
खाँदबारी । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति संखुवासभाले खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेश कट्टेललाई कारबाही गर्न माग...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...
-
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
काठमाडौं । संखुवासभा जिल्लाबाट चालु आर्थिक वर्षमा रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात...
-
चिसोका कारण इटहरीमा विद्यालय बन्द
काठमाडौं । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।...
-
लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको...
-
पाथीभरामा केबलकार निर्माण सुरु, १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्थल ताप्लेजुङको पाथिभरामा मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण...
-
त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा...
-
प्रधानमन्त्रीले ‘विराट एक्स्पो-2025’ को उद्घाटन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् । आगमी माघ १२ गते उद्योग संगठन मोरङले...
-
गाग्री बोकेर खानेपानी माग्दै ‘मेयर सम्पाङ’ सिंहदरबारमा
काठमाडौं । धराने जनतालाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन्...