त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् हीरकजयन्ती समारोह मनाउने भएको छ । विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा विद्यालयले ‘‘साठी वर्षको उज्ज्वल इतिहास, समाज निर्माणमा हाम्रो प्रयास’’ भन्ने मूल नाराका साथ हीरकजयन्ती समारोह आयोजना गर्न लागेको हो । उक्त महोत्सव माघ १० गतेदेखि १६ गतेसम्म अन्तर सदनात्मक, अन्तर विद्यालय विविध प्रतियोगितात्मक कार्यक्रमहरू गर्ने गरिने विद्यालयले जनाएको छ ।
माघ १४ गते अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला र अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछन् । त्यस्तै माघ १५ गते अन्तर माध्यमिक विद्यालय स्तरीय सचेतनामूलक नाटक प्रतियोगिता र अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछन् भने माघ १६ गते अन्तर विद्यालय स्तरीय ट्रायक नृत्य प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।
हीरकजयन्ती समारोह एवम् वार्षिक उत्सव तथा अभिभावक दिवस सभ्य र भव्यताका साथ सम्पन्न गर्न विद्यालयले विभिन्न तयारी गरेको जनाएको छ । उक्त कार्यक्रमलाई सफल बनाउन सहायोगदाताहरुबाट पनि आर्थिक सहयोग संकलनलाई तिव्रता दिईएको छ । जसअन्तर्गत सहयोगीहरुलाई विद्यालयले कार्यक्रममा सम्मान गर्ने बताएको छ ।
सहयोगदाताहरुबाट रु १,००० सहायोग गर्नेलाई कार्यक्रममा नाम उद्घोषण गर्ने, २,००० भन्दाबढि सहयोग गर्नेलाई कार्यक्रममा प्रमाणपत्रबाट सम्मान तथा स्मारिकामा नाम उल्लेख गर्ने, ५,००० भन्दा बढि सहयोग गर्नेलाई फोटो फ्रेममा सम्मानपत्र सहित स्मारिकामा नाम उल्लेख गर्ने, १०,००० भन्दा बढि सहयोग गर्नेलाई मायाको चिनो, फोटो फ्रेममा परिवार सहितको सम्मानपत्र र स्मारिकामा नाम राख्ने, १५,००० भन्दा बढि सहयोग गर्नेलाई परिवारको फोटो सहित स्मारिकामा नाम, सम्मान पत्र र मायाको चिनो प्रदान गर्ने र ५०,००० भन्दा बढि सहयोग गर्नेलाई स्मारिकामा पेजभरीको परिवारको फोटो, मायाको चिनो र सम्मान पत्र प्रदान गर्ने विद्यालयले जनाएको छ ।
वि.सं २०२१ सालमा स्थापना भएको त्रिवेणी माध्यमिक विद्यालयले उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वी पहाडी जिल्ला संखुवासभामा शैक्षिक क्षेत्रको उन्नयन र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । वि.सं २०७८ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर त्रिवेणी पव्लिक कलेजको रुपमा मानविकी संकायतर्फ स्नातक तहसम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरु विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय र सरकारी तथा निजी क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सफल देखिन्छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











