प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ
संखुवासभा । प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ सर्वसम्मत चयन भएका छन् । आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले चापागाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा दिब्याकुमारी राई, सचिव रमा चाम्लिङ राई, कोषाध्यक्षमा कल्पना सुबेदी पौडेल र सहसचिवमा देशन राई चयन भएका छन् ।
नेकपा (एमाले) जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख लेखनाथ बुढाथोकीको प्रमुख आतिथ्यमा भएको अधिबेसनमा प्रचार बिभाग प्रमुख तथा प्रेस चौतारी नेपालका जिल्ला ईन्चार्ज नबिन दाहाल, कोशी प्रदेश प्रचार बिभाग सदस्य नारायण कटुवाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य ईन्द्र गीरी, जिल्ला अध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियनका अध्यक्ष दिपेन्द्र शाक्य, प्रेस सेन्टरका अध्यक्ष अनिष बिष्ट लगायत जिल्लाका क्रियाशिल पत्रकार तथा नेताहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनले अग्रज पत्रकार राजेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । साथै अधिवेशनले प्रदेश प्रतिनिधिमा दुर्गा कटुवाल र समिक्षा मगर तथा केन्द्रीय प्रतिनिधिमा गंगा बिष्ट, प्रेम निरौला र यमुना गुरागाईलाई चयन गरेको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












