वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
काठमाडौं । जङ्गली हात्तीले वराहक्षेत्र २ स्थित किसान अवीरमान भुजेलको घरमा रहेको अन्नपात खाएर र छरेर नष्ट गरेको छ । चारकोशे जङ्गलमा दिनभरी बसेर बेलुका गाउँ पस्ने जङ्गली हात्तीले चतरा क्षेत्रमा आतङ्क मच्याउँदै आएको छ ।
सात वटाको सङ्ख्यामा रहेका जङ्गली हात्तीमध्ये दुई वटा हात्तीले किसान भुजेलले सञ्चालन गरेको आदित्य कृषि फर्म, फर्ममा निर्माण भएको पक्की घर र घरभित्र रहेको २५ मन धान, २० मन मकै, ३ बोरा नुन र ब्लक मेसिनरी गरेको गोदाममा पूर्ण रूपमा क्षति पुर्याएको वराहक्षेत्र २ का वडा अध्यक्ष होमप्रसाद गौतमले बताए ।
चारकोसे जङ्गलको उत्तरी गाँउ पुनर्बासको आसपास क्षेत्रमा फिरन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीयहरू रातभर निदाउन पाउँदैनन् । एक दुई दिन बिराएर हात्ती गाउँमा प्रवेश गर्ने गरेको वडाध्यक्ष गौतमले बताए । उनका अनुसार हात्तीसहित निलगाई लगायतका जङ्गली जनावरले क्षति पुर्याइरहेको छ । किसानको तोरी, धान, मकैलगायतका अन्नबालीमा क्षति पुगेको हो ।
चारकोसे जङ्गलमा बसेर साँझपख गाउँ पस्ने हात्तीले स्थानीयको अन्न, बालीनाली मात्रै नास गरेको छैन, घरै भत्काइदिएर दुःख दिने गरेको छ । वडा कार्यालयको सिफारिस अनुसार क्षतिको विवरण हेरेर वराहक्षेत्र नगरपालिकाले सामान्य राहत उपलब्ध गराउँदै आएको वडाध्यक्ष गौतमले जानकारी दिए । ठुलो क्षति भएको अवस्थामा प्रदेश सरकारलाई सिफारिस गर्ने गरिएको वडाध्यक्ष गौतमले बताए ।
वराहक्षेत्रमा हात्ती प्रकोप क्षेत्रका रूपमा रहेको छ । हात्तीको बिझाइँ नियन्त्रण गर्न जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गर्नुपर्ने स्थानीयको माग रहेको छ । हात्तीले बर्सेनी लाखौँ मूल्यको धनमालका साथै मानवीय क्षति पुर्याउँदै आएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











