गण्डकी पब्लिक बोर्डिङ स्कुलको ‘खेलकुद कार्यक्रम’ सम्पन्न
काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुलले वार्षिक खेलकुद कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । काठमाडौंको म्हेँपिमा अवस्थित उक्त स्कुलले माघ २३ गते देखि २५ गते सम्म सञ्चालित खेलकुद कार्यक्रमको उद्घाटन बेलुन उँडाएर गरिएको थियो । उद्घाटन सत्रमा विद्यालयका प्रिन्सिपल आर.सी भट्ट, विद्यालय सञ्चालक तथा गण्डकी क्लेजका क्याम्पस प्रमुख राम प्रसाद अर्याल, विद्यालय सञ्चालक द्रोण अधिकारी, विद्यालयका सहायक प्रधानाध्यापक महेन्द्र बस्नेत, लगायतको उपस्थिती रहेको थियो ।
लगातार तीनसम्म सञ्चालित खेलकुद कार्यक्रममा विद्यार्थीहरुको रुचिअनुसारका विभिन्न खेल खेलाइएका थिए । क्याण्डल रेस, बुक रेस, ब्याडमिण्टन, बास्केटबल, स्कीपिङ, रबर पासिङ, क्लेक्सन रेस, स्पुन मार्बल रेस, म्यासेज रिले, हट पोटेटो, म्यूजिकल चियर, कराते, म्याथ रेस, १०० मिटर रेस, ४०० मिटर रिले, ड्रेस अप रेस, मेमोरी टेस्ट लगायतका खेलहरु सञ्चालन भएका थिए भने चेस, टेबलटेनिस जस्ता इनडोर खेलले पनि स्थान पाएका थिए ।


विद्यालयका प्रिन्सिपल आर.सी भट्टले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गरिहेको बताउँदै विभिन्न इ.सि.ए र सि.सि.ए गतिविधिलाई थप प्राथमिकतामा राखेर काम गरिरहेको बताए । विद्यालयका सेकेण्डरी इन्चार्ज राजकुमार भट्टराईले विद्यार्थीहरु पढाइका अलावा खेलकुदमा पनि सशक्त हुने हुनाले उनीहरुलाई आफ्नो रुचि अनुरुपका खेलमा सहभागि हुन दिनुपर्ने बताए । विद्यार्थीहरुको एकेडेमिक कार्यक्रमसँगै खेलकुदजस्ता अन्य गतिविधि पनि विद्यार्थीलाई अपरिहार्य रहेको कुरामा समेत उनले जोड दिए ।
त्यस्तै, विद्यार्थीहरुको शारिरिक विकाससँगै उनीहरुको मनोबल विकासमा समेत खेलकुदले सकरात्मक भूमिका खेल्ने कुरामा दुईमत नरहेको विद्यालयकी प्राइमरी इन्चार्ज तृप्ति राईले बताईन् । स–साना भाइबहिनीहरु पनि अन्य दिनमा भन्दा खेल खेल्न पाउँदा निकै खुसी देखिएका विद्यालयकी प्रि–प्राइमरी इन्चार्ज कला रिजालको भनाई थियो ।
वि.सं २०६० सालमा स्थापित गण्डकी स्कुलले कराँते, बास्केटबल, संगित तथा नृत्य, स्काउट, चित्रकला लगायत विभिन्न गतिविधि नियमित रुपमा सञ्चालन गर्दै आएको छ । खेलकुद कार्यक्रममा विभिन्न स्थान ओगट्न सफल विद्यार्थी भाइबहिनीलाई छिट्टै मिति निर्धारण गरी मेडल तथा प्रमाणपत्र वितरण गरिने विद्यालयका इ.सी.ए इन्चार्ज उत्तम पुलामीले जानकारी दिए । खेल माघ २३ गते देखि २५ गते सम्म विद्यालयको मैदानमा सञ्चालन भएको थियो ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











