सुख्खा पहिरोका कारण अवरुद्ध भोटखोला सडक सुचारु
काठमाडौं । सुख्खा पहिरो खसेर अवरुद्ध भएको सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सुचारु भएको छ । कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला गाउँपलिकाको हटिया र हुङगुङ बीचमा पहिरो हटाएपछि सडक सुचारु भएको उत्तर दक्षिण कोशी सडक अयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए।
सुख्खा पहिरो हटाएपछि हिजो दिउँसो देखि खाँदबारी–किमाथाङ्का सडक खण्ड सुचारु भएको सूचना अधिकारी जिरेलले बताए । उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूल्ठूला ढुङ्गा सहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
खाँदबारी देखि एक सय ९ किलोमिटरको दूरीमा सुख्खा पहिरो खसेको थियो । पहिरो हटाएपछि भोटखोलाबाट खाँदबारी आउने जाने यातायातका साधन सञ्चालनमा आएको उहाँको भनाइ छ । खाँदबारी –किमाथाङ्का सडक खण्डमा सुख्खा पहिरोका कारण बेलाबेला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।
च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ । खाँदबारी–किमाथाङ्का १६२ किलोमिटर मध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।
किमाथाङ्का–जोगवनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो । सो सडकले कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । राष्ट्रिय गौरवको खाँदबारी–किमाथाङ्का सडक आयोजनामा हालसम्म ५३ करोड बढी रुपैयाँ खर्च भइसकेको छ ।
Comments
अरु समाचार
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा-११ डीएमगेटबाट...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
भद्रपुर नगरपालिकाद्धारा उन्नत जातका तरकारीका बेर्ना वितरण
काठमाडौं । झापाको भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...