पाल्पाको कुमाल बस्तीको ६ वटा घरगोठ आगलागीबाट नष्ट
काठमाडौं । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागी पीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।
आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए । आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडित परिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् ।
गाउँपालिकाले तत्कालका लागि एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाल लगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो । “आगलागीबाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामी सँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुुई–चार दिन निकै दुःखले दिन बितायौँ, अहिले पालिकाले दिएको राहत सामग्रीले केही सहयोग मिलेको छ”, पीडित पदमबहादुरले भने ।
गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई सहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागी पीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे । अहिले तत्काल आवश्यक देखिएका सामान सहितको राहत प्रदान गरिएको उनले बताए । पछि प्रहरीको मुचुल्का अनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने उनको भनाइ छ । आगलागी पीडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगका लागि समन्वय गरिने अध्यक्ष भट्टराईले बताए ।
आगलागी पीडित परिवारका लागि गाउँपालिका सँगै अन्य सङ्घसंस्था तथा व्यक्तिले पनि सक्दो सहयोग गर्न थालेका छन् । पाल्पा सहित देशका विभिन्न क्षेत्रमा केही सातायता आगलागी र वन डढेलोका घटना बाक्लै भइरहेका छन् । आगोले घरसँगै लत्ताकपडा, अन्नपात जलेपछि बिचल्ली बनेका परिवारको सङ्ख्या सयौँ छ ।
पछिल्लो समय आगलागी–डढेलोका कारण वायु प्रदूषण बढेर लाखौँ मानिस प्रभावित भइरहेका छन् । डढेलोले वन पैदावार र जीवजन्तुमा पुर्याएको क्षति बेहिसाब छ । यही सुक्खायाममा हुरीबतास पनि चलिरहेको छ र तत्काल ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । आगो सल्किहाले तीव्र गतिमा फैलने जोखिम रहेकाले व्यापक सचेतना र सतर्कताको जरुरी देखिएको छ । कतै आगलागी–डढेलोका घटना भइहाले नियन्त्रण गर्न सम्बन्धित संयन्त्र तम्तयार राख्नुपर्ने खाँचो छ ।
Comments
अरु समाचार
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
काठमाडौं । शुक्रवार बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो...
-
मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ...
-
अनेरास्ववियु पब्लिक युथ क्याम्पसको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । अनेरास्ववियु पब्लीक युथ क्याम्पस कमिटिको आयोजनामा वृहत हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटिका...
-
पोखराको हावा प्रदूषणले खतराको तह पार, अन्य ४ सहरको अस्वस्थ तहमा
काठमाडौं । पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु...
-
नयाँ वर्षको अवसरमा लेक साइडमा २० औँ फेवा महोत्सव हुने
काठमाडौं । नयाँ वर्षको स्वागतका लागि २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ...
-
गण्डकी पब्लिक बोर्डिङ स्कुलको ‘खेलकुद कार्यक्रम’ सम्पन्न
काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुलले वार्षिक खेलकुद कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । काठमाडौंको म्हेँपिमा अवस्थित उक्त स्कुलले माघ २३...