जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
काठमाडौं । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ । उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।
यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार) लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो । एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।
आफ्नो घरबाट भागेर आफन्तसँग बसिरहेका ८५ वर्षीय मित्सुओ ओत्सुबोले भने, “मैले पहिले कहिल्यै नदेखेको यति ठूलो डढेलोले बस्तीहरूलाई त्रसित पारेको छ । यो विशाल छ र तीव्र गतिमा फैलिइरहेको छ।”
“यो वर्ष वर्षा वा हिमपात भएको छैन । खुशीको कुरा आज वर्षा भएको छ । म केवल आशा गर्न सक्छु कि यसले स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।” समुद्री शैवाल र ‘स्क्यालप’ (सामुद्रिक झार) को खेती गर्ने एक किसानले भने ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो । ओफुनातोमा फेब्रुअरीमा मात्र २।५ मिलिमिटर (०.१ इन्चं) वर्षा भएको थियो जसले सन् १९६७ को ४.४ मिलिमिटरको उक्त महिनाको रेकर्ड तोडेको थियो ।
कहाँ भाग्ने थाहा छैन’
करिब २७० जना मानिस आश्रय लिएर बसिरहेको एउटा हलमा अस्थायी टेन्टहरू राखि बसीरहेका ६९ वर्षीय फुमिको तनाकाले एएफपीसँग भने, जनजीवन अस्तव्यस्त बनेको छ ।
हलमा पानीका बोतल र खानाका सामग्रीहरू टेबुलहरूमा यत्रतत्र छरिएको अवस्थामा देखाउँदै उनले भने, “घर छोडेर यस्तो वातावरणमा बस्नु कम पीडादायी पक्कै छैन तर यो भन्दा बढी पीडा घर र त्यहाँको सम्पत्ति के भयो भन्ने भएको छ।” “डढेलो सबैभन्दा डरलाग्दो विपत्ति हो, यो एक ठाउँबाट अर्को ठाउँमा फैलिन्छ र कता भाग्ने भन्ने पनि मानिसहरूलाई निश्चित हुँदैन”, ६९ वर्षीय तनाकाले भने, “म केवल आशा गर्न सक्छु कि आगो बस्ती र मेरो घरमा नपुगोस् ।”
तनाका र माछा मार्ने व्यवसाय अपनाएका उनका पतिले भन्नुभयो, ूहरेक वर्ष जलवायु परिवर्तनको प्रभाव महसुस गर्छन् र यसलाई परम्परागत रूपमा नै व्याख्या गर्छन् । समुद्रको बढ्दो तापक्रमले माछाको आहारामा असर परेको छ र पनि पहिलेजस्तो सहज पाइदैनन् । यसले माछा हाम्रो दैनिकीलाई पनि असर गरेको छ ।”
आगलागीबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको अग्नि नियन्त्रक निकायले जनाएको छ । तातो पानीको सेवा दिने एक होटेलका मालिकले स्वेच्छाले आफ्नो सरायको सुविधा विस्थापितहरूका लागि खाली गरी निःशुल्क सेवा दिइरहेको बताए ।
ओफुनातो ओन्सेनका ६० वर्षीय तोयोशिगे शिदाले एएफपीसँग भने, “आश्रयस्थलमा जीवनको अस्तव्यस्ततासँग जुध्न नुहाउन नसक्नुले पक्कै पनि तपाईंलाई निराश तुल्याउँछ।” सन् २०११ मा आएको विनाशकारी भूकम्प र सुनामीका कारण ओफुनातोमा मात्रै कम्तीमा ३४० जनाको मृत्यु भएपछि मानिसहरूले भोग्नुपरेको पीडा देखेपछि आफूले उक्त सराय निर्माण गरेको उनले बताए ।
शुष्क मौसम
जापानमा सन् १९७० को दशकयता डढेलोको घटनामा कमी आएको छ । सन् २०२३ मा फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा करिब एक हजार ३०० हेक्टर षेत्रमा डढेलो फैलिएको थियो ।
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि तथा उद्धार आयुक्त ग्रेग मुलिन्सले एएफपीसँग भन्नुभयो, “यो आगो र लस एन्जलसको हालैको डढेलो ‘अत्यन्त असामान्य’ थियो किनभने ती जाडोयाममा थिए। उनले भने, “दुवै अवस्थामा डढेलो लाग्नुभन्दा पहिले वर्षाको कमीले परिदृश्यलाई सुख्खा बनायो। गर्मी बढ्यो जसले वाष्पीकरण र वनस्पतिहरूलाई व्यापक मात्रामा सुख्खा बनायो । त्यसपछि बनमा डढलो लाग्यो र सङ्कट निम्त्यायो ।
इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन ग्रुपका संस्थापक मुलिन्सले भने, “यो जलवायु परिवर्तनको साझा उपज हो ।” “जब ग्रह थप तातो हुन्छ, हामी ती ठाउँहरूमा डढेलो र आगलागी भएको देख्छौँ । जापानको ओफुनाता पहिले कहिल्यैँ यस्तो समस्या आएको थिएन।”डढेलो र आगलागी नियन्त्रणका लागि टोकियोलगायत जापानका अन्य भागबाट तैनाथ करिब दुई हजार अग्निनियन्त्रकले हवाई र स्थलबाट काम गरिरहेका छन् ।
ओफुनातोका मेयर कियोशी फुचिगामीले भने, “डढेलो एक हप्तादेखि चलिरहेको छ । अग्निनियन्त्रकहरूको टोलीलाई हरेक दिन सुदृढीकरण गरिएको छ । यसले सुख्खा मौसमको मात्रा र हामीले सामना गरिरहेका कठिनाइहरू देखाउँछ।” भिरालो ढलान र साँघुरा र घुमाउरो सडकभएको हिमाली तटीय क्षेत्रको भौगोलिक बनावटले आगो निभाउने कार्यमा बाधा पुयाइरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











