जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
काठमाडौं । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ । उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।
यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार) लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो । एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।
आफ्नो घरबाट भागेर आफन्तसँग बसिरहेका ८५ वर्षीय मित्सुओ ओत्सुबोले भने, “मैले पहिले कहिल्यै नदेखेको यति ठूलो डढेलोले बस्तीहरूलाई त्रसित पारेको छ । यो विशाल छ र तीव्र गतिमा फैलिइरहेको छ।”
“यो वर्ष वर्षा वा हिमपात भएको छैन । खुशीको कुरा आज वर्षा भएको छ । म केवल आशा गर्न सक्छु कि यसले स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।” समुद्री शैवाल र ‘स्क्यालप’ (सामुद्रिक झार) को खेती गर्ने एक किसानले भने ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो । ओफुनातोमा फेब्रुअरीमा मात्र २।५ मिलिमिटर (०.१ इन्चं) वर्षा भएको थियो जसले सन् १९६७ को ४.४ मिलिमिटरको उक्त महिनाको रेकर्ड तोडेको थियो ।
कहाँ भाग्ने थाहा छैन’
करिब २७० जना मानिस आश्रय लिएर बसिरहेको एउटा हलमा अस्थायी टेन्टहरू राखि बसीरहेका ६९ वर्षीय फुमिको तनाकाले एएफपीसँग भने, जनजीवन अस्तव्यस्त बनेको छ ।
हलमा पानीका बोतल र खानाका सामग्रीहरू टेबुलहरूमा यत्रतत्र छरिएको अवस्थामा देखाउँदै उनले भने, “घर छोडेर यस्तो वातावरणमा बस्नु कम पीडादायी पक्कै छैन तर यो भन्दा बढी पीडा घर र त्यहाँको सम्पत्ति के भयो भन्ने भएको छ।” “डढेलो सबैभन्दा डरलाग्दो विपत्ति हो, यो एक ठाउँबाट अर्को ठाउँमा फैलिन्छ र कता भाग्ने भन्ने पनि मानिसहरूलाई निश्चित हुँदैन”, ६९ वर्षीय तनाकाले भने, “म केवल आशा गर्न सक्छु कि आगो बस्ती र मेरो घरमा नपुगोस् ।”
तनाका र माछा मार्ने व्यवसाय अपनाएका उनका पतिले भन्नुभयो, ूहरेक वर्ष जलवायु परिवर्तनको प्रभाव महसुस गर्छन् र यसलाई परम्परागत रूपमा नै व्याख्या गर्छन् । समुद्रको बढ्दो तापक्रमले माछाको आहारामा असर परेको छ र पनि पहिलेजस्तो सहज पाइदैनन् । यसले माछा हाम्रो दैनिकीलाई पनि असर गरेको छ ।”
आगलागीबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको अग्नि नियन्त्रक निकायले जनाएको छ । तातो पानीको सेवा दिने एक होटेलका मालिकले स्वेच्छाले आफ्नो सरायको सुविधा विस्थापितहरूका लागि खाली गरी निःशुल्क सेवा दिइरहेको बताए ।
ओफुनातो ओन्सेनका ६० वर्षीय तोयोशिगे शिदाले एएफपीसँग भने, “आश्रयस्थलमा जीवनको अस्तव्यस्ततासँग जुध्न नुहाउन नसक्नुले पक्कै पनि तपाईंलाई निराश तुल्याउँछ।” सन् २०११ मा आएको विनाशकारी भूकम्प र सुनामीका कारण ओफुनातोमा मात्रै कम्तीमा ३४० जनाको मृत्यु भएपछि मानिसहरूले भोग्नुपरेको पीडा देखेपछि आफूले उक्त सराय निर्माण गरेको उनले बताए ।
शुष्क मौसम
जापानमा सन् १९७० को दशकयता डढेलोको घटनामा कमी आएको छ । सन् २०२३ मा फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा करिब एक हजार ३०० हेक्टर षेत्रमा डढेलो फैलिएको थियो ।
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि तथा उद्धार आयुक्त ग्रेग मुलिन्सले एएफपीसँग भन्नुभयो, “यो आगो र लस एन्जलसको हालैको डढेलो ‘अत्यन्त असामान्य’ थियो किनभने ती जाडोयाममा थिए। उनले भने, “दुवै अवस्थामा डढेलो लाग्नुभन्दा पहिले वर्षाको कमीले परिदृश्यलाई सुख्खा बनायो। गर्मी बढ्यो जसले वाष्पीकरण र वनस्पतिहरूलाई व्यापक मात्रामा सुख्खा बनायो । त्यसपछि बनमा डढलो लाग्यो र सङ्कट निम्त्यायो ।
इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन ग्रुपका संस्थापक मुलिन्सले भने, “यो जलवायु परिवर्तनको साझा उपज हो ।” “जब ग्रह थप तातो हुन्छ, हामी ती ठाउँहरूमा डढेलो र आगलागी भएको देख्छौँ । जापानको ओफुनाता पहिले कहिल्यैँ यस्तो समस्या आएको थिएन।”डढेलो र आगलागी नियन्त्रणका लागि टोकियोलगायत जापानका अन्य भागबाट तैनाथ करिब दुई हजार अग्निनियन्त्रकले हवाई र स्थलबाट काम गरिरहेका छन् ।
ओफुनातोका मेयर कियोशी फुचिगामीले भने, “डढेलो एक हप्तादेखि चलिरहेको छ । अग्निनियन्त्रकहरूको टोलीलाई हरेक दिन सुदृढीकरण गरिएको छ । यसले सुख्खा मौसमको मात्रा र हामीले सामना गरिरहेका कठिनाइहरू देखाउँछ।” भिरालो ढलान र साँघुरा र घुमाउरो सडकभएको हिमाली तटीय क्षेत्रको भौगोलिक बनावटले आगो निभाउने कार्यमा बाधा पुयाइरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किने
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई मङ्गलबार साँझ...
-
इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन पहल गर्न सांसद सोपकोटाको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रोजगारीका लागि इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन विषयमा पहल गर्न सरकार सँग माग...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने
काठमडौं । संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि...
-
यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१...
-
मलेसियामा दंगामा उत्रिएका १३ नेपाली पक्राउ
काठमाडौं । मलेसिया आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको...
-
ट्रम्पद्वारा हुथी विद्रोहीविरुद्ध शक्तिशाली सैन्य कारबाहीको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका छन् । अमेरिकाले हुथी...
-
रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी...
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ
काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ लिएका छन् । हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय...