उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।
त्रियुगा-११ डीएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको गाडी प्र-१-०५ ००१च ००९१ नम्बरको बोलेरो गाडी एक्कासि अनियन्त्रित भई घरको पेटीमा बसिरहेका दिदीबहिनी १२ वर्षीया देवीकुमारी दास र १४ वर्षीया अनुकुमारी दासको मृत्यु भएको हो ।
उनीहरू सप्तरी जिल्ला राजविराज स्थायी घर भई त्रियुगा- ३ मा राजेन्द्र मैनालीको घरमा बाबुआमा सहित भाडामा बस्दै आएका थिए ।
गाडीको ठक्करले बहिनीको घटनास्थलमै मुत्यु भएको थियो भने दिदीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पुर्याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । सवारी चालक त्रियुगा-९ गैरुन बस्ने वर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...












