नेपालमा राजतन्त्रवादी लहरः असन्तोषको अभिव्यक्ति कि राजनीतिक रणनीति?
काठमाडौं । नेपालमा पछिल्ला दिनहरूमा राजतन्त्रका पक्षमा आन्दोलन पुनः सक्रिय बन्दै गएको छ । काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा हजारौँले प्रदर्शन गर्दै राजतन्त्र पुनःस्र्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै प्रर्दशन गर्न थालेका छन् । यो लहर बढ्नुको मुख्य कारण भने हालको राजनीतिक अस्थिरता, आर्थिक मन्दी, सुशासनको अभाव, र जनताको शासनप्रति घट्दो विश्वास हो । तर, के अघिल्लो शासन व्यवस्थातर्फ फर्किनु नै समस्याको समाधान हो त ?
गणतन्त्रको आधारः दशवर्षे जनयुद्ध र ०६२/०६३ जनआन्दोलन
नेपालले गणतन्त्रको यात्रा एकदिनमा तय गरेको होइन । २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धले तत्कालीन निरंकुश व्यवस्थालाई चुनौती दियो । एकदशक लामो सशस्त्र संघर्षकै परिणामस्वरूप संघीयता, समावेशिता, र लोकतन्त्र जस्ता एजेन्डा स्थापित भए । माओवादी नेतृत्व, विशेष गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिकाले गणतन्त्र स्थापनामा ठोस योगदान दियो ।
यसअघि पनि २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापित गराएको थियो । तर, राजा ज्ञानेन्द्रले २०५९ मा फेरि प्रत्यक्ष शासन हत्याएपछि, नेपाली जनताले दोस्रो जनआन्दोलनमार्फत २०६२÷६३ मा राजतन्त्र सदाका लागि अन्त्य गर्ने निर्णय गर े।
राजतन्त्र किन पतन भयो?
नेपालमा राजतन्त्र केवल एक शासकीय स्वरूप मात्र थिएन; यो निरंकुशता, दमन, र वंशानुगत शासन प्रणालीको प्रतीक थियो । राजा महेन्द्रको २०१७ सालको ‘शाही कू’ पश्चात् नेपाल पञ्चायती व्यवस्थामा गयो, जहाँ प्रजातन्त्र पूर्ण रूपमा दबाइएको थियो । राजा ज्ञानेन्द्रले फेरि २०५९ सालमा प्रत्यक्ष शासन लिँदा जनताको असन्तोष चरमसीमा पुगेको थियो ।
राजतन्त्र पतन हुनुका प्रमुख कारणहरूः
१.निरंकुश शासन प्रणालीः नागरिकहरूलाई शासन प्रणालीमा सहभागिता दिने अधिकार थिएन।
२.जनअधिकार हननः प्रेस स्वतन्त्रता, मानव अधिकार, र न्याय प्रणालीमा हस्तक्षेप गरिएको थियो।
३.भ्रष्टाचार र शक्ति केन्द्रीकरणः सत्तामा निकट वर्ग मात्र हावी हुँदा नागरिकहरू उपेक्षित महसुस गर्न थाले।
४. २०६२÷६३ को जनआन्दोलनः नागरिकहरूको निर्णायक संघर्षकै कारण राजतन्त्र उन्मूलन भयो।
हिन्दू राष्ट्रको बहस र भारतको भूमिका
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने माग बढ्दै गएको छ । केही शक्तिकेन्द्रहरू यो आन्दोलनलाई बल दिन खोजिरहेका छन्, जसमा भारतका केही हिन्दूवादी समूहहरूको संलग्नता रहेको आशंका छ । नेपाललाई धर्मको नाममा विभाजन गरेर आफ्नो प्रभाव कायम राख्न भारतले चलखेल गरिरहेको धेरै विश्लेषकहरू बताउँछन् ।
तर, नेपाल बहुजातीय, बहुसांस्कृतिक, र बहुधार्मिक समाज हो । गणतन्त्रले सबै धर्मलाई समान सम्मान गरेको छ, जसले धार्मिक सहिष्णुतालाई संस्थागत गराउन मद्दत गरेको छ । हिन्दू राष्ट्रको नाराले वास्तविक सामाजिक–आर्थिक समस्याबाट ध्यान हटाउने मात्र काम गर्ने देखिन्छ ।
राजतन्त्रको पुनरागमन सम्भव छ?
हाल नेपालमा सरकार परिवर्तनको चक्र तीव्र छ । भ्रष्टाचार, बेरोजगारी, महँगी, र विकासका ढिलाइले नागरिकहरू निराश छन्। यही असन्तोषलाई भजाएर केही समूहहरूले राजतन्त्रलाई पुनःस्थापना गर्नुपर्ने माग उठाइरहेका छन् । तर, गणतन्त्रलाई बलियो बनाउने प्रयास नगरी, पुरानो निरंकुश व्यवस्थातर्फ फर्किनु नेपाललाई पुनः दुर्घटनातर्फ लैजाने गल्ती हुनेछ ।
विगतमा राजतन्त्र कस्तो थियो भन्ने नेपाली जनताले भुल्न हुँदैन । अहिलेको अस्थिरताका दोषीहरूलाई कारबाही गर्दै, लोकतान्त्रिक प्रणालीलाई सुदृढ पार्नु नै दीर्घकालीन समाधान हो। कुनै पनि प्रणालीलाई पूर्ण रूपमा संस्थागत गर्न समय लाग्छ। त्यसैले, गणतन्त्रलाई सुधार्दै अघि बढ्नु नै नेपालका लागि सही बाटो हो ।
निष्कर्षः राजतन्त्र फिर्ता ल्याएर नेपालका समस्या समाधान हुँदैनन्। बरु, वर्तमान शासन प्रणालीलाई पारदर्शी, जवाफदेही, र प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्छ। नागरिक असन्तोषलाई सही रूपमा सम्बोधन गर्न सकेमा गणतन्त्रले नै नेपाली जनताको आकांक्षा पूरा गर्न सक्छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलले आज ज्येष्ठ सांसद केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












