इटहरी सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
काठमाडौं । इटहरीको सेन्टर प्लाजामा आज बिहान ९ः३० बजे सुरु भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको प्रहरीको भनाई छ ।
आगो लागीको कारण पुष्टि हुन नसकेको र सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो ।
प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
Comments
अरु समाचार
-
संखुवासभाबाट हिले जाँदै गरेको जीप अरुण नदीमा खस्यो
काठमाडौं । संखुवासभाको खाँदबारीबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ । आज दिउँसो करिब ३ बजेको समयमा यात्रु...
-
चट्याङको चपेटामा ओखलढुङ्गाः १२ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं। ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार...
-
कास्कीमा चट्याङ लागेर संखुवासभाका दुई मजदुरको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई जना मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा...
-
विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने विश्वास
विराटनगर । कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलनले अर्थतन्त्र चलायमान हुने विश्वास...
-
भालुको आक्रमणबाट महिला घाइते
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वन क्षेत्रमा एक महिला जङ्गली भालुको आक्रमणमा परेर घाइते भएकी छिन्। सोमबार...
-
तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया...
-
एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको...
-
संखुवासभामा शैक्षिकसत्र शुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक
काठमाडौं । यस वर्ष शैक्षिकसत्र शुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...