ताजा समाचार

‘सिक्किम रमाईलो’ बोलको पूर्वेली गीत सार्वजनिक

काठमाडौं । ‘सिक्किम रमाईलो’ बोलको पूर्वेली गीत सार्वजनिक भएको छ ।

लोकपृय गायीका मेलीना राई तथा गायक राजु बाह्रकोटीको आवाजमा उक्त नयाँ गीत सार्वजनिक भएको हो । अनिकेश गुरुङ र मञ्जु विश्वकर्मा लगाएत विभिन्न कलाकारहरुले संयुक्त प्रस्तुति रहेको उक्त गीतको भिडियो गत हप्ता सार्वजनिक भएको हो ।

गायक तथा संगितकार निकेश राईले संगीत भरेको गितको शव्द एम.जी गुरुङ र निकेश राईले रचना गरेका हुन् । त्यस्तै डान्स कोरियोग्राफरको रुपमा महेन्द्र बर्देवा रहेका छन् ।

नेपालसँग पूरानो सम्बन्ध गाँसिएको सिक्किम क्षेत्रमा छायाकंन गरिएको गीतको निर्देशन डी.जे मेवाहाङले गरेका हुन्, भने सहायक निर्देशकको रुपमा प्रज्वल मेवाहाङले साथ दिएका छन् । त्यस्तै, गित काठमाडौंको सेवा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । भने गितको एरेन्ज राजु कार्कीले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org