युवा संघको ‘सचिव’ पदमा संखुवासभाका ध्रुव खड्काको उम्मेदवारी !
काठमाडौं । पोखरामा जारि राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनमा ध्रुव खड्काले खुल्लातर्फ सचिव पदमा उम्मेदवारी दिएका छन् ।
देशभरिका करिब दुईहजार युवा प्रतिनिधिहरुको सहभागीतामा जेठ ९ गतेबाट पोखरामा सुरु भएको महाधिवेशनमा संखुवासभा जिल्लाका वौद्धिक र जुझारु युवा नेता खड्काले सचिव पदको उम्मेदवारी दर्ता गरेका हुन् ।
उच्च राजनीकि चेत र प्रखर वाकपटुता भएका खड्का सचिव पदका लागि बलियो दाबेदारको हुन् । तत्कालीन प्ररायु संघको युथफोर्स समयदेखि हालसम्म अनवरत रुपमा संगठनमा रहेर विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक निभाएका एक अब्बल र काबिल नेतृत्व गर्न सक्ने नेताका रुपमा उनलाई चिन्ने गरिन्छ ।
उनले, प्ररायु संघको क्षेत्रीय सदस्य, अनेरास्ववियुको कोशी प्रदेश सम्पर्क उपाध्यक्ष, अखिल फोर्स संयोजक आर आर क्याम्पस काठमाडौँ उपत्यका अखिल फोर्स कमिटी, युथफोर्सका विभिन्न कमिटी, अन्तर जिल्ला कमिटी अध्यक्ष संखुवासभा, केन्द्रीय खेलकुद विभाग सदस्य, लाहान अधिवेशन प्रतिनिधि, बुटवल अधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य निर्वाचित, केन्द्रीय सदस्य र राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको सहसंयोजकको रुपमा काम गरिसकेका छन् ।
यस्तै दुई कार्यकाल जिल्ला अध्यक्ष, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र कृषि विभाग प्रमुख, नेकपा एमाले संखुवासभाको विभिन्न कार्यकाल जिल्ला कमिटी सदस्य नेतृत्व गरिसकेका छन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
सहज ढङ्गले स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने साथै युवाको एउटा सिङ्गो पुस्तालाई आफ्नो क्षमता,आवस्यकता र प्रभावकारीता प्रस्तुत गर्न पनि उनले अपिल समेत गरेका छन् ।
महाधिवेशनमा अध्यक्षका लागि सुमन पुरी, पूर्व अध्यक्ष क्षितिज थेबेबीचको उम्मेदवारी छ भने, उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले सुमनको समूहबाट मनोनयन दर्ता गराएका छन् ।
यसैबीच राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व छनोट प्रक्रिया सर्वसम्मत गर्ने प्रयास गरिए पनि निर्वाचन हुने निश्चित भएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











