युवा संघको ‘सचिव’ पदमा संखुवासभाका ध्रुव खड्काको उम्मेदवारी !
काठमाडौं । पोखरामा जारि राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनमा ध्रुव खड्काले खुल्लातर्फ सचिव पदमा उम्मेदवारी दिएका छन् ।
देशभरिका करिब दुईहजार युवा प्रतिनिधिहरुको सहभागीतामा जेठ ९ गतेबाट पोखरामा सुरु भएको महाधिवेशनमा संखुवासभा जिल्लाका वौद्धिक र जुझारु युवा नेता खड्काले सचिव पदको उम्मेदवारी दर्ता गरेका हुन् ।
उच्च राजनीकि चेत र प्रखर वाकपटुता भएका खड्का सचिव पदका लागि बलियो दाबेदारको हुन् । तत्कालीन प्ररायु संघको युथफोर्स समयदेखि हालसम्म अनवरत रुपमा संगठनमा रहेर विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक निभाएका एक अब्बल र काबिल नेतृत्व गर्न सक्ने नेताका रुपमा उनलाई चिन्ने गरिन्छ ।
उनले, प्ररायु संघको क्षेत्रीय सदस्य, अनेरास्ववियुको कोशी प्रदेश सम्पर्क उपाध्यक्ष, अखिल फोर्स संयोजक आर आर क्याम्पस काठमाडौँ उपत्यका अखिल फोर्स कमिटी, युथफोर्सका विभिन्न कमिटी, अन्तर जिल्ला कमिटी अध्यक्ष संखुवासभा, केन्द्रीय खेलकुद विभाग सदस्य, लाहान अधिवेशन प्रतिनिधि, बुटवल अधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य निर्वाचित, केन्द्रीय सदस्य र राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको सहसंयोजकको रुपमा काम गरिसकेका छन् ।
यस्तै दुई कार्यकाल जिल्ला अध्यक्ष, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र कृषि विभाग प्रमुख, नेकपा एमाले संखुवासभाको विभिन्न कार्यकाल जिल्ला कमिटी सदस्य नेतृत्व गरिसकेका छन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
सहज ढङ्गले स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने साथै युवाको एउटा सिङ्गो पुस्तालाई आफ्नो क्षमता,आवस्यकता र प्रभावकारीता प्रस्तुत गर्न पनि उनले अपिल समेत गरेका छन् ।
महाधिवेशनमा अध्यक्षका लागि सुमन पुरी, पूर्व अध्यक्ष क्षितिज थेबेबीचको उम्मेदवारी छ भने, उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले सुमनको समूहबाट मनोनयन दर्ता गराएका छन् ।
यसैबीच राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व छनोट प्रक्रिया सर्वसम्मत गर्ने प्रयास गरिए पनि निर्वाचन हुने निश्चित भएको छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...












