विद्यार्थीको सर्वाङ्गिण विकासका लागि अभिभावकलाई पनि शिक्षित बनाउँदै ‘एभरेस्ट स्कुल विराटनगर’ !
काठमाडौं । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति सुकै राम्रो वातावरण भएपनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रैछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’
विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रममा सहभागि अभिभावक विशाल श्रेष्ठले भन्नुभयो । नर्सरीमा छोरा र कक्षा ५ मा छोरी पढ्दै गरेको बताउनुभएका उहाँले छोराछोरीलाई गलत नगरुन भनेर हप्काउँदा बालमस्तिष्कमा पर्ने असर, मोबाइल र टिभी देखाएर अल्मल्याउदाका नतिजाहरुको बारेमा समेत बुझिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘थाहा नपाई हामीले धेरै गलत अभ्यास गरिरहेका छौं भन्ने बुझ्ने अवसर भयो ।’
यस्तै कक्षा १ मा अध्ययनरत विद्यार्थी रेयांश भण्डारीका बुवा होमनाथ भण्डारीले समेत उत्साही हुँदै भन्नुभयो,‘एकदमै फलदायी कार्यक्रम, यस्तो कार्यक्रम हरेक वर्ष हुनुपर्छ, त्यसले विद्यालय र अभिभावकले बालबालिकासँग गर्ने व्यवहारमा एकरुपता ल्याउने रैछ ।’ स्कुलमा उनीहरु माथि गरिने व्यवहार र घरको व्यवहार एकै किसिमको हुन आवश्यक रहेछ भन्दै उहाँले बालबालिकालाई गर्ने ‘ट्रिट’ र उनीहरुलाई गर्ने मोटिभेसनका तरिकाहरु धेरै सिक्ने अवसर प्राप्त भयो ।
अभिभावक बब्लु सहनीले पनि कार्यक्रमले धेरै सचेत गराएको बताउनुभयो । बालबालिकाको अगाडी अभिभावकले गर्ने डिस्कसले पार्ने असर, बालबालिकाका हरेक माग पुरा गर्दा पर्न सक्ने प्रभाव , उनीहरुलाई डोमिनेट गर्दा हुने सम्भावनाहरुको बारेमा धेरै जानकारी पाइएको बताउनुभयो ।
अभिभावक शिक्षाको कार्यक्रम पहिलो चरणमा कक्षा नर्सरीदेखि ६ सम्मका अभिभावकलाई दुई दिन सम्म सञ्चालन भएको हो । भाइस प्रिन्सिपल कुन्दन पुरीले यस माथिका कक्षाका अभिभावकहरुलाई पनि चाँडै सञ्चालन गरिने बताउनुभयो ।
एभरेष्ट स्कुलको सभाहलमा सञ्चालन भएको अभिभावक शिक्षालाई उत्प्रेरक प्रितम पौडेलले सहजिकरण गर्नुभएको थियो । उहाँले बालमस्तिष्कमा पर्ने प्रभाव, अभिभावकहरुले निर्वाह गर्नुपर्ने भूमिका, बालबालिकासँग गर्ने व्यवहार तथा पारिवारिक वातावरणका विषयमा अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो ।
अन्तरक्रियात्मक रुपमा सञ्चालित कार्यक्रममा अभिभावकहरुले आफूहरुले गरिरहेको व्यवहार र स्कुलमा चाहेको वातावरणलगायतका विषयमा खुलेर चर्चा गर्नुभयो । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावक शिक्षा अपरिहार्य रहेको महशुष गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामीले अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण बनाउँदै लगेका छौं, तर घरमा अभिभावकहरुले पनि सोहि अनुसारको वातावरण नबनाउँदा अपेक्षाकृत सुधार नहुने भएकाले अभिभावक शिक्षा सञ्चालन गरिएको हो ।’ उहाँले हरेक अभिभावकले आफ्ना बालबालिकाको मनोभाव अनुसारको वातावरण बनाएर उत्प्रेरणा जगाउन आवश्यक रहेको समेत बताउनुभयो । अभिभावक शिक्षा सञ्चालन गरेपछि धेरै अभिभावकहरुले ‘गुड प्यारेन्टिङ’ गर्न थाल्नुभएको छ, त्यसको प्रभाव बालबालिकामा पर्न थालेको छ ।’
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...












