पोखराका स्पा सेन्टरबाट ८ जना नाबालिकाको उद्धार
काठमाडौं । पोखराको लेकसाइडमा रहेका ३ वटा स्पा सेन्टरबाट ८ जना नाबालिकाको उद्धार गरिएको छ ।
प्रहरी र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रमा अनुगमन गर्दा ३ वटा स्पा सेन्टरबाट ८ जना बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट २ जना, र ईभेन्डर ब्युटी एण्ड स्पाबाट ४ जना गरी कुल ८ जना बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
गोप्य सूचनाको आधारमा आफूहरूको टोली अनुगमनमा गएको एक प्रहरी अधिकृतले भने । १८ वर्ष मुनिका बालिकाहरू भएकोले ‘बाल श्रम (निषेध र नियमित गर्ने)ऐन, २०५६’ विपरीत जोखिमपूर्ण काममा संलग्न गराइएकोले स्पा सञ्चालकलाई आवश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय, पोखरा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै बालश्रम अन्त्यका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने चेतावनी दिएको छ । १८ बर्ष नपुगेका बालबालिकाहरूलाई कसैले पनि श्रम गर्न नगराउन प्रशासनले समेत आव्हान गरेको छ ।
Comments
अरु समाचार
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...












