ताजा समाचार

जाजरकोटको पिडाः भूकम्पले घर भत्कायो, ढुङ्गाले दिदी–बहिनीको ज्यान लियो !

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी–बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

जाजरकोटमा ३ नोभेम्बर २०२३ मा ६.४ म्याग्निट्यूडको विनाशकारी भुकम्प गएको थियो । उक्त भूकम्पमा परेर १५७ को मृत्यु भएको थियो भने ३७५ घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org