ताजा समाचार

माओवादी निकट रामप्रताप यादवको घरमा काम गर्दै आएकी युवतीको संकास्पद मृत्यु !

काठमाडौं । रौतहटका ठेकेदार रामप्रताप यादवको घरमा काम गर्दै अाएकी युवतीको संकास्पद रूपमा मृत्यु भएकाे छ ।

रौतहट जिल्लाकाे गाैर नगरपालिकाअन्तर्गत वडा नम्बर ५ निवासी पेटी ठेकेदार तथा द्वन्द्वकालमा माओवादी र प्रभु साह निकट रामप्रताप यादवको ललितपुर र गौरस्थित घरमा बाल्यकालदेखि काम सघाउन राखिएकी युवती पुनम महतो आज बिहान ४ बजे झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

हिजो बेलुका रामप्रतापसङ्गै बजारबाट तरकारी किनेर घर फर्किएकी अत्यन्त गरिब परिवारकी १८ बर्षिया पुनमले मध्यराति झुन्डिएर प्राण त्यागेको र शव पोस्टमार्टमकाका लागि अहिले अस्पताल लगिएको बताइन्छ ।

उनले राम्रो अक्षरमा लेखेर छाडेको सुसाइड नोटमा अर्को जुनीमा पनि आमाको साथ रहोस्,यस्ती भाउजू कसैलाई नपरुन्,कानुनी कार्वाही कसैलाई नगरियोस् भन्ने ब्यहोरा उल्लेख छ ।

मृत्युको सबै विवरण खुलिसकेको छैन । स्थानीय बासिन्दाले अप्रिय घटनाको आशंका गरेका छन् । रामप्रतापकी जेठी श्रीमती सुधा पनि झण्डै एक दशकदेखि लापत्ता छिन् ।

बिहारको सीतामढी माइत भएकी उनलाई सन्तान जन्माउन नसकेको भनी हेलाँ होचो हुँदै आएको रामप्रतापका दाइ शिवदयाल र ५ नम्बरका वडाध्यक्ष सुशंकर यादव बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org