ताजा समाचार

जुवा खेलिरहेका २१ जना पक्राउ

काठमाडौं । चितवनमा जुवा खेलेको आरोपमा प्रहरीले दुईवटा समूहका २१ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राति एक समूहलाई रेष्टुरेन्टबाट र अर्को समूहलाई गाउँबाट नियन्त्रणमा लिएको हो ।

भरतपुर महानगरपालिका–१० हाकिमचोक स्याउली बजारको ओदान रेष्टुरेन्टमा तास खेल्दै गरेका १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए ।

उनीहरूको साथबाट दुई लाख ११ हजार दुई सय १० रूपैयाँ नगद र एक बुक तास पनि बरामद भएको डिएसपी खनाले जानकारी दिए । प्रहरीले सोमबार रााति साढे १ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जिल्लाको पूर्वी भेग खैरहनी नगरपालिका११ गैडाहामा सोमबार मधयराति तास खेल्दै गरेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट १ लाख ५० हजार ७२० रूपैयाँ नगद र पाँच बुक तास बरामद भएको डिएसपी खनालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org